साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए बुढा ! बुढो भएछौ

रुपियाँ लियो पसलले, बाँकी त फिर्ता गरेन, कोठामा पुगेँ र, झल्याँस्स सम्झेँ जा ! ढोका बन्द गर्न भुलेछु, श्रीमती गुर्राइन् ढोका खुल्लै ? ए बुढा ! बुढो भएछौ ।

Nepal Telecom ad

दशैँमा टीका थाप्न
छोरा छोरीका
परिवारहरू आए
नातिनीको
बाङ्गो टीका

घरै उचाल्ने चित्कार
सम्झाएँ,
’बाङ्गो टीका देखेर
भगवान पनि खुशी हुन्छन् ।’
नातिनी खुशी भई
अनि,
घोषणा गरी
चस्मा नलगाएर
बाबाले
बाङ्गो टीका लगाइदिस्यो
बाबा त
बुढो भइसेछ ।

देब्रे हातमा डस्टर
दाहिने हातमा चक
कक्षा कोठा पस्नै लाग्दा
हेड सरको कर्कश आवाज आयो
आज शिक्षक बैठक छ
चाँडै कक्षा सक्नु होला
कक्षामा,
मन पर्ने परिच्छेद पढाएँ
विद्यार्थीले पुरै बुझे
जाँच्न कक्षामै गृहकार्य दिएँ
उता विद्यार्थी व्यस्त,
यता म सुस्ताउन थालेँ
झप्किए छु,
विद्यार्थी त गायब
मन आत्मग्लानीले
भरिएर उठेँ
बैठक समेट्न
कार्यालय छिरी नसक्दै
हेडसर बोल्नु भो
बैठक त सकियो
भुलक्कड हुनु भएछ !
बुढो हुनुभो ।

दुवै हातमा झोला
घरको मुख्यद्वार छिर्नैलाग्दा
अर्धाङ्गिनीको मधुर स्वर कानमा बज्रियो
ढोका लगाउन नभुल्नू
आवाज कानमा ठोक्कियो
दिमाग पसलेले समातेको थियो
रुपियाँ लियो पसलले
बाँकी त फिर्ता गरेन
कोठामा पुगेँ
र,
झल्याँस्स सम्झेँ
जा !
ढोका बन्द गर्न भुलेछु
श्रीमती गुर्राइन्
ढोका खुल्लै ?
ए बुढा !
बुढो भएछौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
0
Would love your thoughts, please comment.x
()
x