सुलसुलेपद्मश्री साहित्य पुरस्कारका लागि कृतिको सूचि घोषणा
खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि घोषणा गर्नु भएको छ ।

काठमाडौं, २०७९,साउन १५। खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि घोषणा गर्नु भएको छ । प्रतिष्ठानका तर्फबाट एक विज्ञप्ति जारी गर्दै लामिछानेले यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने बताउनु भएको हो ।
घोषणा गरिएको सूचिमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्रहालय’ परेका छन् ।
यो चयन खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले सिफारिस गर्न पूर्व गठित खुल्ला स्वतन्त्र निणर्ायक समितिले गरेको हो । यसअघि निणर्ायक समितिले उत्कृष्ट पन्ध्र पुस्तकको विस्तारित सूचि घोषणा गरेको थियो जसबाट दोश्रो सूचिमा पहिलो चरणबाट ‘एक सम्बोधन समयमाथि’, ‘काफ्काको काम सकियो’, ‘गुरु’, ‘छाइल’, ‘ताल्चा’ ‘निनाद वल्लरी’ ‘पैतालामा हिउँ आँखामा हिमाल’, ‘भोजपुरको वाङ्मय’, ‘महाभारा’ र ‘सत्यमोहन’ कृतिहरू परेका थिए । यिनै कृतिहरू मध्येबाट यो चरणको मूल्याङ्कनमा पाँच वटा कृति चयन गरिएको हो ।
विज्ञप्तिमा प्रतिष्ठानलाई यथासमय संक्षिप्त सूची उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा प्रतिष्ठान समितिका निर्णायकहरूलाई धन्यवाद दिइएको छ ।
पद्मश्री साहित्य पुरस्कारका लागि राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहनु भएको तीन सदस्यीय निणर्ायक समिति गठन गरिएको छ ।
Subscribe
Login
0 Comments
Oldest











































