साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रगतिशील बूढो

गाउँमा बदमास बूढोको उपमा पाएका थिए । सधैँ चकचक गरिरहने, जिस्क्याइरहने, गाली खाइरहने बूढा अब गाउँमा सबैभन्दा बढी श्रीमतीका धनी हुने भए ।

Nepal Telecom ad

एक बुढा थिए निकै बदमास । उनका दुई नातिलाई म टिउसन पढाउँथे । बूढाकी बुहारी तरुनी थिई । तरुनीका बूढा जँड्याहा । बालविवाह भएकाले दुवै छोरासँगै तरुनी पनि हुर्किरहेकी थिई ।

एक दिन छोरालाई पुर्‍याउन आउँदा मैले सोधें- बुबाको हालखबर के छ ?
– कुन बुबाको ? मेरो उहाँको बुबाको कि बुबाको बुबाको ?
– कति जना बुबा हुनुहुन्छ ?
– मेरा छोराका बुबा, उनको बुबा र तिनका पनि बुबा हुनुहुन्छ । छोराको तीन पुस्ता बुबामात्र हुनुहुन्छ घरमा । अहिले तिनै पुस्ता रक्सी खाएर बसेका छन् ?

– हैन, बुबाखेती गर्ने परिवार हो कि के हो तपाईंको घर ?
– उहाँर्को बुबा बाइस वर्ष, बाइस बर्सेको बुबा चालिस वर्ष, चालिस बर्सेको साठी वर्षको बुबा अझ तगडै हुनुहुन्छ त । उही क्या, प्रगतिशील बूढो त हो नि हाम्रो हजुर बा ।
– ए, त्यो बदमास बूढो । त्यत्ति चकचके त हाम्रो गाउँका कुनै बालबालिका पनि छैनन् । पोहोर साल महायज्ञमा तरुनीलाई जिस्क्याउने बूढो । अनि बुबाहरूलाई कसरी बोलाउनु हुन्छ त ?
– म त बुबा र बुढो बा भनेर बोलाउँछु तर छोराहरू भने बुबा, माइलो बुबा र ठूलो बुबा भनेर बोलाउँछन् ।
– अनि कस्तो छ त बुबाको हालखबर ?

– रक्सी धोक्दै, सबैभन्दा ठूलो बुबाको विवाहको कुरो गर्दै हुनुहुन्छ । निकै बदमास हुनुहुन्छ, गाउँमा बदनाम हुनुहुन्छ । धम्की दिइरहनुहुन्छ बिहे नगरिदिने भए दुवैलाई घरमै बोलाएर आत्महत्या गर्छौँ ।
– के दुइटीलाई पट्याउनु भा’छ र ?
– हो त, बुढोकै उमेरका दुई जना बुढीहरू पहिले म बिहे गर्छु भनेर घरमा धरना दिदैँ प्रतिस्पर्धा गरेर बसेका छन् । अब हाम्रो घरमा तीन जना हजुर आमा हुने भए ।

गाउँमा बदमास बूढोको उपमा पाएका थिए । सधैँ चकचक गरिरहने, जिस्क्याइरहने, गाली खाइरहने बूढा अब गाउँमा सबैभन्दा बढी श्रीमतीका धनी हुने भए ।

तरुनी आमाका दुवै कलिला छोराहरू हाम्रो कुरा सुनेर हाँसिरहे ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x