साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिलेका केटी

विदेशीको संस्कृतिले नेपाल छोप्यो सारा, यसरी नै बिग्रँदै छ हाम्रो परम्परा । संस्कृति र परम्परा हराएर गयो, नेपालीको जाति पक्का लोप हुने भयो ।

Nepal Telecom ad

काँचुलीझैं वस्त्र लाउँछ्यौ शरीरलाई बेरी,
खानेकुरा रुचाउँछ्यौ मोमो चाउमिन जेरी ।
अनुहार हेर्दा सुलिखुत्ते सिन्का जस्ता हात
आकाश पाताल जोडीजोडी गर्छ्यौ ठुला बात ॥

स्लिम बन्ने रहरमा सुके तिम्रा गाला,
सोह्र बर्षे जवानीमै चाउरी परे गाला ।
बुढी आमै पनि आजकल कुर्ता सुर्वाल लाउँछिन,
असी बर्षे उमेरमा ब्युटीपार्लर धाउँछिन ॥

नानाभाँती पोसाकमा जीउ सजाउन,
थाल्यौ तिमी कोहीदेखी छाड्यौ लजाउन ।
बीस से.मी. कपडाले सबै जीउ ढाक्छ्््यौ,
साँझपख भएपछि होटलतिर लाग्छ्यौ ॥

विदेशीको संस्कृतिले नेपाल छोप्यो सारा,
यसरी नै बिग्रँदै छ हाम्रो परम्परा ।
संस्कृति र परम्परा हराएर गयो,
नेपालीको जाति पक्का लोप हुने भयो ॥

नेपालीको परम्परा बचाउने काम,
गरेमात्र संसारभरी चल्छ हाम्रो नाम ।
नत्र भने सारङ्गी र मादल धुरुधुरु,
रुँदै बस्छन् म्युजियममा के भन्नू र अरु !!

०००
धुलाबारी, झापा
मोबाइल -९८४२७१५१५३२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x