साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्टेज सधै बहुप्रतिभाशालीकै हुन्छ

स्टेज सधै कि राम्रो नाच्ने, कि मीठो गाउने, उन्नत स्तरको हास्यव्यङ्ग्य भन्ने वा समय सान्दर्भिक भाषण गर्न जान्नेकै हुन्छ । बेसुरको बाँसुरी बजाएर विन्द्रवनको उन्नत बाँसुरी बाधक हुँ भन्न छोडेकै राम्रो ।

Nepal Telecom ad

रंगमन्च होस् वा अन्य कुनै क्षेत्रमा होस् सधैजसो सुनिने भनेको “त्यसले त्यो ओगट्यो उसले उ ओगट्यो यसले यो हडप्यो उसले उ त्यो हडप्यो” नै हो । जो-जसले यस्ता कुरा गर्छन् वा भन्छन् तिनको न हुती न ह्याउ, खाली ट्याउँ ट्याउँ फ्याउ फ्याउ मात्रै हुन्छ ।

जान्नु परेन ? जान्नु पर्‍यो नि । कि नजाने पनि हुने ? हैट, त्यस्तो कहिले हुन्थ्यो । सबैले सबैथोक ओगट्नैतिर लाग्ने हो भने अन्य कुरो कसरी चल्छ ? चल्नु परेन ? कि नचले पनि हुन्छ ? हैट हुँदैन । ऊ राम्रो नाच्छ, ऊ जत्तिको नाच्ने अरु छैन त स्टेज उसले नओगटे के भोगटेको बोट हल्लाएर बसोस् ?

आफू न गीत राम्ररी गाउन सक्नु न स्वर कसैले ठम्याएर बुझुन् । त्यात्तिकै वा वा गरेको भरमा स्टेज चड्न पाइन्छ ? दर्शक श्रोतालाई सुनेर बसिरहन मन लाग्ला ? गीतको बोल मात्रै मीठो भएर हुन्छ स्वर कणर्प्रिय हुनुपरेन ? अनि म गायक हुँ, स्टेजमा म हुनुपर्छ भनेर मात्रै हुन्छ र ? कि त ईसारा ईसारामा नै दर्शक सारालाई मुग्ध पार्न सक्नुपर्‍यो त्यो पनि दर्शक दीर्घा श्रवण शक्ति नभएकाहरूले भरिएको हुनुपर्‍यो नि हैन र ?

अर्को थरी कुर्लिन्छ राम्रै म अव्बल दर्जाको कमेडियन हककु स्टेजमा म हुनुपर्छ रे । हे प्रभु, के के सुन्नु पर्छ ? कमेडी पनि त कमेडी जस्तै हुनुपर्‍यो नि । कमेडी भनेको नेपालीमा हास्यव्यङ्ग्य हो । हास्य चाहिँ फिटिक्कै नहुने अनि खाली व्यंग्य मात्रैले दर्शकले चित्त बुझाउँछन् ? बरु हानेको व्यंग्य उसलाई हो कि हो कि जस्तो लाग्यो भने त जुत्ता खोलेर झट्टी हान्छ । बुझ्नु छैन बेकारको रडाको ।

म एक नम्बरको वक्ता हो स्टेज मलाई चाहिन्छ भन्छन् कुनै लठुवा । ए, बाबा वक्ताले कुन बिषयमा कहाँ बोल्ने भन्ने एकिन हुनु परेन ? कि जता जे पनि बोले भाषण छाँटे हुन्छ ? श्रोताले पचाउनु परेन ? कि परेन ? हैट, श्रोता नै सबथोक हुन नि हैन र ? कि स्वस्थानीको कथा भन्ने हो ? स्वस्थानीको कथा त बरु श्रोता नभए पनि कुर्सी, टेवल, पिर्कासिर्कालाई सुनाए नि हुन्छ भनिएको छ । अनि स्वस्थानी कथा बाचन गर्नेले स्टेज चाहियो भनेर हुन्छ ? गज्जब छ यी हरिलठ्ठहरूको कुरा ।

त्यसैले स्टेज सधै कि राम्रो नाच्ने, कि मीठो गाउने, उन्नत स्तरको हास्यव्यङ्ग्य भन्ने वा समय सान्दर्भिक भाषण गर्न जान्नेकै हुन्छ । बेसुरको बाँसुरी बजाएर विन्द्रवनको उन्नत बाँसुरी बाधक हुँ भन्न छोडेकै राम्रो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x