साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजी

फेरि पनि देशले हारेको छ यदि यसो होइन भने मेरो एउटा प्रश्न छ तपाईंसित नेताजी ! तपाईंको विजय उत्सवमा किन मैले सधैँ हार्नुपर्छ ? किन देशले सधैँ हार्नुपर्छ ?

Nepal Telecom ad

नेताजी !
जब तपाईं आफ्नो जितको उदघोष गर्नुहुन्छ
म कल्पना गर्छु-
तपाईंसित देशले जितेको छ
मेरो स्वाभिमानले जितेको छ
तर, जब तपाईंको जितमा
उत्तरले उत्सव मनाउँछ
र, दक्षिणले विषाद जनाउँछ
मलाई तपाईंको जितमाथि शंका लाग्छ
मलाई तपाईंको अनुहारप्रति शंका लाग्छ
कपटपूर्वक साधुको भेष धारण गरेर
बस्ती पसेको कुनै मायावी दानवजस्तो
मलाई तपाईंको चालामाला शंका लाग्छ
यदि यसो होइन भने
मेरो एउटा प्रश्न छ तपाईंसित
नेताजी !
तपाईंको विजय उत्सवमा
किन देशले सधैँ हार्नुपर्छ ?

नेताजी !
जब तपाईं आफ्नो जितको उद्घोष गर्नुहुन्छ
म कल्पना गर्छु-
तपाईंसित देशको अखण्डताले जितेको छ
मेरो सार्वभौमिकताको जित भएको छ
जब तपाईंको जितमा
पूर्वले उत्सव मनाउँछ
र, पश्चिमले विषाद जनाउँछ
मलाई तपाईंको उपस्थिति शंका लाग्छ
मलाई तपाईंमाथि नै शंका लाग्छ
छलपूर्वक आफन्तीको भेष धारण गरेर
दरबार पसेको कुनै कूटिल शकुनिजस्तो
मलाई तपाईंको चालामाला शंका लाग्छ
यदि यसो होइन भने
मेरो एउटा प्रश्न छ तपाईंसित
नेताजी !
तपाईंको विजय उत्सवमा
किन देशले सधैँ हार्नुपर्छ ?

नेताजी !
तपाईं उमेदवारी दिनुहुन्छ
लाग्छ देशले अब काँचुली फेर्छ
तपाईं गाउँ पस्नुहुन्छ
लाग्छ देश अब स्वर्ग बन्छ
तपाईं सभा गर्नुहुन्छ
लाग्छ देश अब देश बन्छ
तपाईं जितको पूर्व उद्घोष गर्नुहुन्छ
म कल्पना गर्छु-
तपाईंसित देशको पनि जित हुन्छ
तपाईंसित मेरो पनि जित हुन्छ
तर, जब तपाईंको जितमा
तपाईं हैन तपाईंको पुत्ला उत्सव मनाउँछ
लाग्छ मेरो विश्वास हारेको छ
फेरि पनि देशले हारेको छ
यदि यसो होइन भने
मेरो एउटा प्रश्न छ तपाईंसित
नेताजी !
तपाईंको विजय उत्सवमा
किन मैले सधैँ हार्नुपर्छ ?
किन देशले सधैँ हार्नुपर्छ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x