साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृक्षरोपण तथा कविता वाचन कार्यक्रम

जेष्ठ नागरिक चौतारी चागुनारायण न.पा. वडा नं १ र बुढ्यौली साहित्य भक्तपुरको संयुक्त आयोजनामा वृक्षरोपण तथा कविता वाचन कार्यक्रम गरियो ।

Nepal Telecom ad

भक्तपुर, १९ फागुन २०७९ । जेष्ठ नागरिक चौतारी चागुनारायण न.पा. वडा नं १ र बुढ्यौली साहित्य भक्तपुरको संयुक्त आयोजनामा वृक्षरोपण तथा कविता वाचन कार्यक्रम गरियो ।

सतसङ परिवारका अध्यक्ष, जेष्ठ नागरिक मिलन चौतारीका सल्लाहकार मोहन आचार्य सभापति रहनुभएको उक्त कार्यक्रमको शुभारम्भ विषेश अतिथि कृष्णमुरारी गौतम, चट्याङ मास्टर र सभापति मोहन आचार्यबाट वर र पिपलका वृक्षरोपणबाट गरिएको थियो । कृष्णमुरारी गौतमको जन्म सन्दर्भ परेकोले उहाँलाई खादा पहिराई भजन किर्तनबाट शुभकामना दिइयो ।

लगत्तै भएको कविता वाचनमा चागुनारायण न.पा. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल उपस्थित भइ आतिथ्य ग्रहण गर्नुभएको थियोे । कार्यक्रममा जेष्ठ नागरिक मिलन चौतारी वडा नं १ का अध्यक्ष शालिकराम न्यौपाने, २ नं का अध्यक्ष लक्ष्मीभक्त सुवाल, ३ नं का अध्यक्ष श्रीराम न्यौपाने, चागुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, बुढ्यौली साहित्य समाज भक्तपुरका सदस्य रामशरण न्यौपाने, ९० वर्षका सूर्यकान्त गेलाल, चिरञ्जीवी न्यौपाने लगायतका महानुभावको आतिथ्य रहेकोे कार्यक्रममा दर्शक स्रोताका रूपमा धेरै महानुभावको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा कवि शालिकराम दाहालले शुभकामना कविता, रामशरण न्यौपानेले एकादशी र बुढ्यौली सम्वन्धी कविता, लालबहादुर भुजेलले वृद्ध बिलौना सम्वन्धी कविता, प्रभा न्यौपानेले गीत प्रस्तुत गर्नुभएको थियो । अतिथि श्यामसुन्दर धिमालले साहित्यले समाज जागरण गर्ने कुरा राख्तै बाटो बन्नु मात्रै विकास नभएकोले यतातर्फ पनि आफ्नो ध्यान गएको र आफूले सकेको साथ दिने मन्तव्य राख्नुभएको थियोे ।

कृष्णमुरारी गौतमले आफू जन्मेको ठाउँमा उन्नति भएको हेर्ने इच्छा प्रकट गर्दै पुराना कुरा लोप हुन दिनु नहुनेमा जोड दिनुभएको थियो । सभापति मोहन आचार्यले अहिले समाज विकृत हुँदै गएको र मान्छे धनकापछि लागेर धर्म संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसमा सबैको चासो हुनुपर्ने मन्तव्यका साथ कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन बुढ्यौली साहित्य समाज भक्तपुरका सचिब कवि डिल्लीप्रसाद मूलतिहुनले कवितात्मक शैलीमा गर्नुभएको थियोे ।

जेष्ठ नागरिक मिलन चौतारीका सचिब बच्चुराम न्यौपानेले वर पिपल रोप्न र संरक्षण गर्न फलामको बार तयार गर्नुभएको ,कार्यक्रममा खाजा लगायतको ब्यवस्थापन गरेकोले बुढ्यौली साहित्य भक्तपुरको तर्फबाट रु. २००० । नगद पुरस्कार प्रदान गरिएको थियो ।

०००
डिल्लीप्रसाद मूलतिहुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x