साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अ आ इ ई को ई

अचेल त अलगअलग मान्छेका अलग अलग दलका मुखियाका मुखबाट एउटै ताल, लय, सुर र स्वरमा देशैभरि निस्किरहेछन् ई ई ....का स्वरहरू ।

Nepal Telecom ad

जतिबेला म सानो बच्चो थिएँ
ज्ञान, सीप र व्यवहारमा कच्चो थिएँ,
बुबा आमासँग अलि बढी डराउँथें
साथीभाइसँग मात्र अलिअलि कराउँथें ।

समय बित्दै गयो, चहलपहल फेरिँदै गयो
बुबाको आफै घरमै पढाउने रहरले
कहिले धुलेपाटीमा र कहिले कालोपाटीमा
अ आ इ ई बाट मेरो अक्षरारम्भ भयो ।

जमाना पुरानो, पढाइ पनि पुरानै थियो
अमला, आकाश र इलम होइन
केवल अ आ इ ई को कुरो थियो
भर्खर-भर्खर पढाइ सुरु थियो
पहिले हात समातेर पाटीमा लेखाउनुभयो
अनि अ आ इ ई भन्न लाउनुभयो
सुरुसुरुको पढाइ भएकाले होला
जोश, जाँगरसितको रहर थियो,
रहरै रहरमा घोक्दा-घोक्दै, पढ्दा-पढ्दै
एकपटक त बिराएँछु, उल्टापाल्टी गराएँछु

बिराइस्, फेरि भन् भन्दै कान समाउँदा
जान्दै जानिएन त भनेर कराएँछु
रिसाएर सातो काढ्दै बुबाले
दोहोर्‍याएको स्वर सुनेर मैले
स्वर तानी तानी अ आ इ ई भन्दा
पछिको ई मा जोड दिँदै ई..भनेर सुनाएँछु

‘ई’ भन्छस् नाथे, भनेर हप्काउँदै
र कान समाउँदै भन्नुभयो बुबाले
तैंले यतिबेर पढेको पढाइ सबै ई
यस्तै गरी पढिस् भने पढ्लास् ई
यो सुनेर मेरो स्वर फेरि खुल्यो अ आ इ ई

डरैडरमा खुलेको त्यो लामो स्वरको ई मा
र बुबाको हप्काइमा प्रयोग भएको त्यो चर्को ई मा
फरक छ कि छैन भन्ने नै बुझिनँ त्यतिबेला
लाग्थ्यो—आफै सिकाएको ई भन्दा किन रिसाएको होला ?

जीवनको महासागरमा पौड्दै र दौड्दै गएँ
उ ऊ र इ ई को भेद जान्दै गएँ
लामो अन्तरालपछि अहिले पो
चर्को स्वरमा पढेको त्यो ई लाई चिन्दै गएँ

अचेल त्यो ईलाई ई …..ज्ञान भन्ने ठानेर
कल, खल, गल वा इलम, इमान भन्न थालेको छु ।
युगानुकूल आवश्यकता अनुसारको पंढाइ हुनुपर्छ भन्दै
दोहोर्‍याइ तेहेर्‍याइ पढ्न र बुझ्न थालेको छु

तर सोच यस्तो बनेको हुन्छ
मैले मात्र पढेर के हुन्छ ?
मैले मात्र सोचेर, बुझेर के हुन्छ ?
मजस्ता सानाको आवाज कसले सुन्छ ?

त्यसैले मैले भन्ने गरेको त्यो ई बिर्सेर
बुबाले सुन्ने गरेको त्यो ई….सम्झेर
साना-ठूलाका चर्काचर्का स्वरका ई…सुनेर
मजा मानेर जोडसित हाँस्ने गरेको छु ।

अचेल त अलगअलग मान्छेका
अलग अलग दलका मुखियाका मुखबाट
एउटै ताल, लय, सुर र स्वरमा
देशैभरि निस्किरहेछन् ई ई ….का स्वरहरू ।

हामी, धर्म, सँस्कृति, कला र राजनीतिमा
ज्ञान व्यवहार, परम्परा र काव्यकृतिमा
पक्ष-विपक्ष, अज्ञ-विज्ञ, अल्पज्ञ र सर्वज्ञ बनेर
चलाइरहेछौँ ई ई का चर्का स्वरहरू

जात्राको संस्कृति खोज्ने सहर बजारमा
अरूको जात्रा गर्ने र हेर्ने रहरमा
त्यो जात्रा हेर्ने र रथ बोक्ने गाउँघरमा
ई. नभन्ने, नसुन्ने होलान् एक, दुई, हजारमा ?

त्यसैले जता गए पनि गाउँ वा सहरमा
जे जे भने, सोचे पनि प्रहर-प्रहरमा
एउटै मात्र स्वर बढेको आभाष भैरहन्छ
त्यही ई को मात्र प्रयोग भैरहन्छ
र त ई खा, ई गर् मात्र सुन्नमा आइरहन्छ ।

०००
पाल्पा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x