साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाको बिस्कुन

बिहानैदेखि मनमा फुलाएर बैँसालु गुलाब तिनै फूलका पत्रहरूले सजाएर म आउने बाटो थालीका खण्ड खण्डमा भरेर कुमारी माया कुर्दा कुर्दै लोलाएछन् श्रीमतीका आँखा ।

Nepal Telecom ad

भावकेशर बराल :

प्रणय दिवसमा
हातमा रातो गुलाब
र, तिनै गुलाबी वास्नामा छरेर मायालु चाहना
एकाबिहानै मायाकै खोजीमा निस्किएको मन
दिनभरि घरतिर फर्किएन ।

राजमार्गका अनगिन्ती घुम्तीहरूमा
नागबेली नदीजस्तै बग्दाबग्दै
बगरमा मिल्किएको बग्रेठोजस्तो
अथवा कुनै अम्मलीले यत्नपूर्वक
आफ्ना ओठले धित मरुन्जेल चुमेपछि
एस्ट्रेमा फ्याँकेको चुरोटको ठुटोजस्तो
उदास उदास र निराश निराश बनेको मन
रहरका काल्पनिक छालहरूसित हुत्तिँदै
मायाको बिस्कुन फिजाएर बेखबर भयो ।

ओइलाएको गुलाब बोकेर बेलुका
युद्धमा हारेको अभिशप्त सिपाही जस्तो
अथवा सिकार गुमेको घाइते बाघ जस्तो
अबेला निस्प्राण घर फर्किएको तन
छट्पटाइरह्यो भोकले विक्षिप्त सिंहजस्तो ।

न मेटियो मायाको प्यास न भेटियो फूलमा सुवास ।

बिहानैदेखि मनमा फुलाएर बैँसालु गुलाब
तिनै फूलका पत्रहरूले सजाएर म आउने बाटो
थालीका खण्ड खण्डमा भरेर कुमारी माया
कुर्दा कुर्दै लोलाएछन् श्रीमतीका आँखा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x