साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘प्रेमको आदिम गीत’को विमोचन तथा कविता वाचन

विमोचन पश्चात विमोचित किताबका कविहरूसंगै अन्य कविहरु रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ रोदनलगायतले प्रणय कविता वाचन गरेका थिए।

Nepal Telecom ad

काठमाडाैं, २०८१ फागुन २ । प्रणय दिवसको अवसरमा वर्तमान कविता समूहले ग्रीनलिफ फुड, पुतलिसडकमा ‘प्रेमको आदिम गीत’को विमोचन तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गर्यो।

कार्यक्रममा एघार कविहरू विधान आचार्य, भीष्म उप्रेती, टङ्क उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल, र ईश्वर थोकरको संयुक्त रुपमा प्रेम कविता सङ्ग्रह अङ्ग्रेजी अनुवादसहित ‘प्रेमको आदिम गीत’ विमोचन भयो। यस संग्रहका कविताहरूले प्रेमका विभिन्न आयामहरू—आकांक्षा, आवेग, स्मृति, विछोड, र भावनात्मक गहिराइलाई प्रस्तुत गरेका छन् ।

केही कविताहरूमा प्रेमको गहन भावलाई व्यक्त गर्न प्रकृतिलाई रूपकका रूपमा प्रयोग गरिएको छ, जहाँ नदी, महासागर, र ऋतुलाई प्रेमका अभिव्यक्तिको रूपमा चित्रण गरिएको छ। केही कविताहरूले भने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्दै प्रेमलाई अस्तित्व, समय, र मानव भावनासँग जोडेर व्याख्या गरेका छन्। विविध कवि-स्वरहरूले प्रेमको मिलन र विछोडलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्।

विमोचन पश्चात विमोचित किताबका कविहरूसंगै अन्य कविहरु रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ रोदनलगायतले प्रणय कविता वाचन गरेका थिए।

कार्यक्रममा वर्तमान कविता समूहका सदस्य तथा शव्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले वर्तमान कविता समूहको संक्षिप्त परिचय बताउनुका साथै स्वागत मन्तव्य दिनुभयो। त्यसैगरी सङ्ग्रहका कवि तथा अनुवादक चन्द्रबहादुर लामाले नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्दा कविताको सांस्कृतिक मौलिकता, भावनात्मक गहिराइ र साहित्यिक सौन्दर्यलाई जोगउन सामना गर्नुपरेको चुनौति व्यक्त गर्नुभयो।

अन्त्यमा आयोजक समूहका सदस्य कवि विश्व सिग्देलले वर्तमान कविता समूहले कविताको उन्नयनमा पाइला चाल्दै आएको र आगामी दिनमा पनि यो जारी रहने कुरा बताउनुभयो। साथै, समूहले नेपाली कवितालाई अङ्ग्रेजीमा गरिएको अनुवादले नेपाली कवितालाई विश्वसामु पुर्याउने र यसले नेपाली साहित्यलाई अझ समृद्ध बनाउने कुरा पनि बताउनुभयो।

कार्यक्रमको उद्घोषण राधिका अधिकारीले गरेका थिए।

०००
– धीरकुमार श्रेष्ठकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x