साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदलाई प्रश्न

मेरो अन्तिम प्रश्न आफ्ना स्मृतिका सभाकक्षहरूमा आफ्नै प्रतिरूपझैँ लाग्ने तस्बिरअगाडि शहीदका योगदानमा वहस चल्दा कहाँ घोत्लिएर के सोच्दै छौ आफ्नै बारेमा र, कस्तो उतार्दै छौ देशको चित्र ?

Nepal Telecom ad

भावकेशर बराल :

जीवनकालमा हिँडेका थियौ जुन बाटो
त्यही बाटोलाई बनाउन शहीदपथ
विधयेक स्वीकृत भइसकेको छ सदनमा
गठन भएका छन् उच्चस्तरीय आयोगहरू
तयार हुँदै छन् गुरुयोजनाका ठेली
इन्जिनियरहरू धमाधम कोर्दै छन् नक्सा
अब छिट्टै निर्माण हुनेछन् तिम्रै नामका राजमार्ग ।

फनफनी घुमेका वक्ररेखाजस्ता तिम्रा पदचाप
पछ्याउँदै पछ्याउँदै भूगोलविद्हरू
यताबाट उता र उताबाट यता दगुरिरहेका छन्
तिमीले जुन आकाशमा टेकेका थियौ पाइला
छाम्दै छाम्दै बतासका छायाजस्ता तिनै सपना
सिँढीहरू उक्लदै छन् खगोलविद्हरू
तिम्रो इतिहाससित हाम्रो वर्तमानलाई जोड्दै
आफ्ना नामका कालजयी अभिलेख राख्न
अब छिट्टै निर्माण हुनेछन् तिम्रै नामका शहीद स्मारक ।

चिलका पन्जाजस्ता सिकारी आँखाबाट जोगिँदै
जुन एकान्तमा बसेर घोत्लिएका थियौ तिमी
र, कोरेका थियौ विचारका सुनौला मार्गचित्र
तिनै अनकन्टार निर्जन झाडीहरू
बिस्तारै बिस्तारै घेरिन थालेका छन् काँडेतारले
नजिकै छन् मधुशाला, पाठशाला र व्यायामशाला
जहाँ आउनेछन् आगन्तुहरू जीवनका रङ भर्न
बीच चउरमा तिम्रै सालिकहरू अनावरण गरेपछि
अब छिट्टै निर्माण हुनेछन् तिम्रै नामका शहीद पार्क ।

लहरबेलीजस्तै लहरै उभिएर
हिमालसित आँखामा आँखा जुधाउने
ती इखालु रूखहरू क्रमशः ढल्नेछन्
र, उभिनेछन् धरहराजस्तै आलिशान महलहरू
बाघ सुस्ताउने घाँसे मैदानमाथि दौडिनेछ डोजर
खण्ड खण्डमा विभाजित हुनेछ धर्ती र आकाश
र, प्रत्येक खण्ड रंगिनेछ जादुमयी आश्चर्यमा
अनि सजिनेछन् बस्ती सिलिकन सौन्दर्यको घुम्टोभित्र
अब छिट्टै निर्माण हुनेछन् तिम्रै नामका स्मार्ट सिटीहरू ।

माकुराको जालोजस्तै किरिङमिरिङ
जेलिएको सामाजिक सञ्जालका झ्यालबाट
एकपटक पुलुक्क चिहाएर हेर
बतासमा गन्ध छर्ने ती भुईँफूलहरू
माटोमै किचिएर मल बनेका छन्
र, विकासे फूलले सजिएका छन् बस्ती
इन्द्रेनीजस्तै फुलेका छन् गाउँ सहर
मानौँ शहीदमय भएझैँ लाग्छ सिङ्गो देश
अब छिट्टै समुद्घाटन हुनेछ तिम्रै नाममा शहीद सप्ताह !

मेरो पहिलो प्रश्न
जीवन उत्सर्गपछिका प्रत्येक वर्ष
आफ्नै नामका समारोहहरूमा रुमलिँदै
झाँकी र प्रहसनमा आफैँ सरिक रहँदा
तिमी कहाँनेर उभिएका छौ मौन
र, कस्तो देख्दै छौ देशको सपना ?

मेरो अन्तिम प्रश्न
आफ्ना स्मृतिका सभाकक्षहरूमा
आफ्नै प्रतिरूपझैँ लाग्ने तस्बिरअगाडि
शहीदका योगदानमा वहस चल्दा
कहाँ घोत्लिएर के सोच्दै छौ आफ्नै बारेमा
र, कस्तो उतार्दै छौ देशको चित्र ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhavkeshar Baral
Bhavkeshar Baral
1 year ago

हार्दिक आभार फित्कौली परिवार

Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x