साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्नि उत्सव

यसर्थ आह्वान गर्दै छु आऊ, झोसौँ महलहरूमा मसाल र, मनाऔं विजयको अग्नि उत्सव यही रापले सेकिनेछन् बरफ जस्ता सपना र, चिसिएपछि खरानी त्यहीँ देखा पर्नेछन् राष्ट्रियताका मार्गचित्र।

Nepal Telecom ad

भावकेशर बराल :

युगौँदेखि प्रज्वलित थियो
पेटमा दावानलको अग्नि
अग्नि यसरी सल्कँदै थियो
जसरी भुसको ह्रासभित्र पुतपुताउँछ
र, दनदनाउँछ हावाको वेगसित मिसिएर
यस्तो लाग्थ्यो
कुनै पल यही अग्निलप्काले
दहन गरिदिनेछ सिङ्गो ब्रह्माण्ड
यदि यसो भइदियो भने
खोज्दा पनि भेटिने छैन
भूगोलको परिसीमाभित्र मानवताको बीज
यसर्थ म चाहन्थेँ
यो आगाको मुस्लो
डँडेलो बनेर देशदेशान्तर फैलनुपूर्व
यही पेटभित्र शमन गर्न सकूँ ।

युगौँदेखि जुटिरहेको छु अग्निनिरोध यज्ञमा
धाएको छु अनगिन्ती पटक
मन्दिर, मस्जिद, चर्च, चैत्य र गुरुद्वारा
मन्त्रणा गरेको छु कयौँ पटक
विष्णु, पैगम्बर, जिसस, बुद्ध र नानक
उदराग्निले मस्तिष्कमा घात गरेपछि
निभाउन यही आगो
पुगेको छु तपोवन, वृन्दावन, विपश्यना र योगपीठ।

ईश्वरका उनै पुरातन मूर्ति र आस्थाहरूले
यो भोकको आगो शमन गर्न सक्ने छैनन् अब
यसर्थ म सचेत गराउँछु
कि आऊ हार्दिकताको नवीन अवतारमा
कि उद्घोष गरौं विस्थापनको सङ्ग्राम
याद गर त्यतिवेला
इतिहासमा सीमित हुन सक्नेछ तिम्रो अस्तित्व
जसरी इतिहास बनेकाे छ
हिटलर, नेपोलियन, निरो र सिकन्दरको साम्राज्य
जसरी इतिहास बनेको छ
सिल्फियम, टेरोड्याक्टिल, मोसासोर र डाइनोसोरको जीवनकथा।

डार्बिनलाई सोध
जीवनको विकासवादी सिद्धान्त
मार्क्सलाई सोध
द्वन्द्वको भौतिकवादी आदर्श
फ्राइडलाई सोध
अहमको मनोवादी विमर्श
व्यासलाई सोध
आत्मा र परमात्माको सम्बन्ध
सागरको पिँध उठेर
सगरमाथा बनेको इतिहास पनि छ
सगरको चुचुरो दबिएर
सागरभित्रै बिलाउने खतरा पनि छ।

दहन पतनको कारण मात्र होइन,
उत्थानको आधार पनि हो।

जप्दै जप्दै विनिर्माणको मन्त्र
झोसेको हुँ आफ्नै मस्तिष्कमा आगो
अब छिट्टै दाह हुनेछ विचारको धरहरा
र, थुप्रो लाग्नेछ सपनाको खरानी
यही खरानीको थुप्रोमा रोपेर निर्माणको बिउ
हुर्काउनु छ समृद्धिको कल्पवृक्ष
यसर्थ आह्वान गर्दै छु
आऊ, झोसौँ महलहरूमा मसाल
र, मनाऔं विजयको अग्नि उत्सव
यही रापले सेकिनेछन् बरफ जस्ता सपना
र, चिसिएपछि खरानी
त्यहीँ देखा पर्नेछन् राष्ट्रियताका मार्गचित्र।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ratnanidhi Regmi.
Ratnanidhi Regmi.
7 months ago

aru sabai thik 6 tara jhosaun mahalma chahi bhayena. Hamile krantika namma vidhwansha garnu hundaina. Tyo shabda sachyaunu besa hola.

Nepal Telecom ad
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
नेताजी

नेताजी

भावकेशर बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x