डा. विदुर चालिसेजासुस
त्यसपछि जे त पर्ला भनेर म पनि जेल जान तयार भएँ । घुटुघुटु थुक निलेर दलालकाे घर धाउन थालेँ । एकजना दलालले मलाई फकाएर भन्याे। - "जासुसकाे जागिर छ, खान्छस् ?"

डा. विदुर चालिसे :
देशकाे विकास र बजेटकाे निकास एकैचाेटी हुने हाे भने भ्रष्टाचारीहरू हुँदैन थिए । बरू असाधरण मनका जनताकाे चाहना पूरा हुन्थ्याे। रिस, राग, कुण्ठा, आक्राेस, आराेप, सनक, घृणा, भ्रान्ति र पागल व्यवहारले उन्मुक्ति पाउँथ्याे । समयमा जादुकाे छडि चल्थ्याे । न काेही उफ्रन्थ्याे न काेही स्वच्छन्द बन्थे । यस्तै सन्दर्भमा एकदिन सडकमा झाँक्रिले अछेता सडकमा फालेर कराए ।
– “विदेशीकाे चल खेल !”
सडकमा झाँक्रिकाे अछेताकाे प्रभावकाे कारणले जेनजीहरू खुब उफ्रन थाले । उनीहरूकाे मागकाे नारा थियाे ।
– “कालाे अण्डा उन्मूलन गर !”
बतास खुब चल्याे। हावा निकै बह्याे । चक्र-बात पनि अत्यन्तै हराम बनेर उठ्याे । दुनियाका सारा घर डँडेलाेले सल्कियाे । तुफानीमा बादल पनि कुहिराे बन्न थाल्याे । यत्तिकैमा त्रासमय वातावरणका बिच अर्काे कालाे अण्डा उफ्रँदैआयाे ।
– “कार्यकारी मसिहाकाे उत्खनन !”
जमिनमा उत्खनन चल्दै थियाे । वायुमण्डलमा हावाले अर्काे जाेड थप्याे।
– “जनमत सङग्रह !”
फेरि जाेडताेडले हुरि चल्न थाल्याे । त्यसै जर्याकजुरूक उठेका पूर्व बहिस्करणवादीहरू चिच्याउन थाले ।
– “पूर्व सहमतिकाे पालना गर !”
जनताकाे त्रास, भय र भ्रान्ति उछालिन थाल्याे । झाँक्रीहरू पुन: दुहाइ दिएर सडकमा अण्डा उफार्न थाले । यत्रिकैमा भ्रम र भयले अताल्लिएका मानिसहरू भन्न थाले।
– “याे राताे अण्डा !”
– “हाेइन ! हाेइन !! याे सेताे अण्डा !!!”
– “हत्तेरिका कस्ताे भ्रम परेकाे ? याे त हरियाे अण्डा हाे के !”
– “धेरै गन गन नगर है साथी हाे, याे त पहेंलाे हाे !”
अनेक दृष्टि भ्रमका बिचमा जेन्जीहरू फेरि विभाजित हुन थाले । चिच्याउँदै लावा लस्करमा जुलुस निकाल्न थाले ।
– “कालाे अण्डा हाम्राे माग, अरू अण्डा सबतिर भाग !”
त्यसपछि राजनीतिक पार्टीका कार्यकर्ताहरू एक अर्काेलाई दाेष लगाउन थाले ।
– “तँ अण्डा चाेर !”
– “तँ चाहिँ बाख्रा चाेर !”
– “तँ नि तँ ? कुखुरा चाेर !”
सबै सुन चाेर, बजेट चाेर, जेट चाेर, प्राेजेक्ट चाेर, कमिशन चाेर हाँस्दै बर्बराउन थाले ।
– “हि ! हि !! हामी सबैकाे भ्रष्टाचार निवारण र सुशासनका लागि एउटै स्वर !!”
त्यसपछि मैले घर बुढीलाई साेधेँ ।
– “तेराे असली माग के छ त ?”
उसले मलाई कुममा सुम्सुम्याइ र सुरिलाे स्वरमा फकाउँदै भनी ।
– “चाेरेर भए पनि मलाई त यसपालीकाे दशैँमा गाडी र बङ्गला चाहिन्छ ! चाहिन्छ !!”
त्यसपछि जे त पर्ला भनेर म पनि जेल जान तयार भएँ । घुटुघुटु थुक निलेर दलालकाे घर धाउन थालेँ । एकजना दलालले मलाई फकाएर भन्याे।
– “जासुसकाे जागिर छ, खान्छस् ?”
– “एस, सर !”
जब भात भान्सा चल्याे तब धर्म, संस्कृति, राष्ट्रियता र अस्तित्व पनि धरापमा परेकाे थाहा पाएँ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































