साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जासुस

त्यसपछि जे त पर्ला भनेर म पनि जेल जान तयार भएँ । घुटुघुटु थुक निलेर दलालकाे घर धाउन थालेँ । एकजना दलालले मलाई फकाएर भन्याे। - "जासुसकाे जागिर छ, खान्छस् ?"

Nepal Telecom ad

डा. विदुर चालिसे :

देशकाे विकास र बजेटकाे निकास एकैचाेटी हुने हाे भने भ्रष्टाचारीहरू हुँदैन थिए । बरू असाधरण मनका जनताकाे चाहना पूरा हुन्थ्याे। रिस, राग, कुण्ठा, आक्राेस, आराेप, सनक, घृणा, भ्रान्ति र पागल व्यवहारले उन्मुक्ति पाउँथ्याे । समयमा जादुकाे छडि चल्थ्याे । न काेही उफ्रन्थ्याे न काेही स्वच्छन्द बन्थे । यस्तै सन्दर्भमा एकदिन सडकमा झाँक्रिले अछेता सडकमा फालेर कराए ।
– “विदेशीकाे चल खेल !”

सडकमा झाँक्रिकाे अछेताकाे प्रभावकाे कारणले जेनजीहरू खुब उफ्रन थाले । उनीहरूकाे मागकाे नारा थियाे ।
– “कालाे अण्डा उन्मूलन गर !”

बतास खुब चल्याे। हावा निकै बह्याे । चक्र-बात पनि अत्यन्तै हराम बनेर उठ्याे । दुनियाका सारा घर डँडेलाेले सल्कियाे । तुफानीमा बादल पनि कुहिराे बन्न थाल्याे । यत्तिकैमा त्रासमय वातावरणका बिच अर्काे कालाे अण्डा उफ्रँदैआयाे ।
– “कार्यकारी मसिहाकाे उत्खनन !”

जमिनमा उत्खनन चल्दै थियाे । वायुमण्डलमा हावाले अर्काे जाेड थप्याे।
– “जनमत सङग्रह !”

फेरि जाेडताेडले हुरि चल्न थाल्याे । त्यसै जर्याकजुरूक उठेका पूर्व बहिस्करणवादीहरू चिच्याउन थाले ।
– “पूर्व सहमतिकाे पालना गर !”

जनताकाे त्रास, भय र भ्रान्ति उछालिन थाल्याे । झाँक्रीहरू पुन: दुहाइ दिएर सडकमा अण्डा उफार्न थाले । यत्रिकैमा भ्रम र भयले अताल्लिएका मानिसहरू भन्न थाले।
– “याे राताे अण्डा !”
– “हाेइन ! हाेइन !! याे सेताे अण्डा !!!”
– “हत्तेरिका कस्ताे भ्रम परेकाे ? याे त हरियाे अण्डा हाे के !”
– “धेरै गन गन नगर है साथी हाे, याे त पहेंलाे हाे !”

अनेक दृष्टि भ्रमका बिचमा जेन्जीहरू फेरि विभाजित हुन थाले । चिच्याउँदै लावा लस्करमा जुलुस निकाल्न थाले ।
– “कालाे अण्डा हाम्राे माग, अरू अण्डा सबतिर भाग !”

त्यसपछि राजनीतिक पार्टीका कार्यकर्ताहरू एक अर्काेलाई दाेष लगाउन थाले ।
– “तँ अण्डा चाेर !”
– “तँ चाहिँ बाख्रा चाेर !”
– “तँ नि तँ ? कुखुरा चाेर !”

सबै सुन चाेर, बजेट चाेर, जेट चाेर, प्राेजेक्ट चाेर, कमिशन चाेर हाँस्दै बर्बराउन थाले ।
– “हि ! हि !! हामी सबैकाे भ्रष्टाचार निवारण र सुशासनका लागि एउटै स्वर !!”

त्यसपछि मैले घर बुढीलाई साेधेँ ।
– “तेराे असली माग के छ त ?”

उसले मलाई कुममा सुम्सुम्याइ र सुरिलाे स्वरमा फकाउँदै भनी ।
– “चाेरेर भए पनि मलाई त यसपालीकाे दशैँमा गाडी र बङ्गला चाहिन्छ ! चाहिन्छ !!”

त्यसपछि जे त पर्ला भनेर म पनि जेल जान तयार भएँ । घुटुघुटु थुक निलेर दलालकाे घर धाउन थालेँ । एकजना दलालले मलाई फकाएर भन्याे।
– “जासुसकाे जागिर छ, खान्छस् ?”
– “एस, सर !”

जब भात भान्सा चल्याे तब धर्म, संस्कृति, राष्ट्रियता र अस्तित्व पनि धरापमा परेकाे थाहा पाएँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x