साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नै श्रेष्ठ

ज्ञानका गरु हुन् वृद्ध कर्म-वीर महाबलि अनेकौँ पार लाएका विघ्नबाधा लिँदै खली। वर्चस्व राख्न जो लड्थे युद्ध गर्दै ढलीमली नमस्कार गरेँ मैले जोडेर द्वय अञ्जली॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

ज्येष्ठ नै श्रेष्ठ हो भन्ने भावना छ उजागर
लामो जीवन भोगेको हुन्छ अत्यन्त उर्वर।
ज्ञान शिल्प छ रोपेको माटोमा सौम्य सुन्दर
बनेको छ गृहस्थीको उच्चताको धरोहर॥१

गरेको जसले हुन्छ चुनौतीहरू पार त्यो
स्वर्ण झैँ दीप्त आगोमा पोलिँदै सयबार जो।
कर्मको दूत नै हुन्छ वृद्ध मान्छे समाजको
इतिहास हिजोको त्यो कथा सुन्दर आजको॥२

अनेकौँ अन्नबालीले झुलाएर सधैँ गरा
ज्ञान विज्ञानको पाटो पारेको छ हराभरा।
पाखुरी जसका हुन्छन् कर्मले धारिला बरा!
छातीभित्र अटेको छ रम्य आफ्नै बसुन्धरा॥३

राष्ट्रवादी उनै हुन्छन् देशप्रेमी उनै बडा
सुरक्षामा गढी गौँडा टाकुरीमा हुँदै खडा।
शत्रु ढालेर नै तक्मा भेट्टाए खैँचिदै जडा
पखालेर स्वयं खाँडो प्रशस्ति गाउँदै कडा॥४

ज्ञानका गरु हुन् वृद्ध कर्म-वीर महाबलि
अनेकौँ पार लाएका विघ्नबाधा लिँदै खली।
वर्चस्व राख्न जो लड्थे युद्ध गर्दै ढलीमली
नमस्कार गरेँ मैले जोडेर द्वय अञ्जली॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x