साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

वार्ता बढाऔँ मित्र हो राखी छिमेकी साथमा दाबीगरौँ लौ शीघ्र नै नक्सा छ हाम्रो हातमा फिर्ता गराऔँ जे गुम्यो मानौँ मनाऔँ संहिता भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

सार्छन् सिमाना बेसरी हड्पी छिमेकीले अति
ज्यादा गुमे जग्गा अझै गर्ने भए ज्यादा खती
कोही नहून् दोषी पुजी पार्ने खुँगे माता पिता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥१

को खप्छ यो पीडा सधैँ ?चोरी यहाँ माटो हुँदा
छाती दुखी चर्किन्छ हो नेपाल यी आमा रुँदा
लाएर काँडेतार झन् राखौँ चिताई सञ्चिता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥२

खोज्छन् सबैले दाउ नै आफू सधैँ मोटाउने
घ्याम्पे भुँडी पार्छन् गरी भोकाकनै लोभ्याउने
हामी बनौँ शार्दूल नै ढालौँ पराईको बिटा
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥३

भूभाग आफ्नो चोरिँदा को मौन होला लोकमा ?
खैँचेर लाठो हान्दछन् सोझा नि तातो झोकमा
जागौँ जगाऔँ बन्धु नै चेवा गरौँ चारै दिशा
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥४

वार्ता बढाऔँ मित्र हो राखी छिमेकी साथमा
दाबीगरौँ लौ शीघ्र नै नक्सा छ हाम्रो हातमा
फिर्ता गराऔँ जे गुम्यो मानौँ मनाऔँ संहिता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x