साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइलको खराब लत

“लाइक, कमेन्ट, सेयर र भ्यु गरेन भनेर खोज्या छ निहुँ अनिद्राले बिग्र्या छ जिउ त्यही बन्या छ झगडाको बिउ” मोबाइलको खराब लत कसैमा नबसोस् हतपत !

Nepal Telecom ad

गोपाल काफ्ले :

“खानपिन भुल्याइदिन्छ
महामूर्ख तुल्याइदिन्छ
जोगाएर राखेको थोरै
इज्जत खुइल्याइदिन्छ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“समयको हेक्का हराइदिन्छ
आफन्तलाई पराई गराइदिन्छ
मर्नु न बाँच्नुको जिन्दगी बनाई
उस्तै परे बसाइँ सराइदिन्छ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“मोबाइलकै दास बनाइदिन्छ

चाकरसुसारे खास बनाइदिन्छ
तपाईँले आफूलाई जिवित ठाने पनि
तपाईँलाई जिउँदो लास बनाइदिन्छ !”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“आफ्नी श्रीमतीसँग फुटाइदिन्छ
अर्काकी प्रेमिकासँग जुटाइदिन्छ
इज्जत श्री – सम्पत्ति लुटाइदिन्छ
नातासम्बन्ध सजिलै टुटाइदिन्छ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“पढ्नेको पढाइ बिगारेको छ

विसङ्गतिले नराम्ररी लघारेको छ
फोटोकै लागि आधा रातमा
थोत्रो अनुहार सिँगारेको छ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“भनेको छ सामाजिक सञ्जाल
भित्र पसेपछि जन्जालै-जन्जाल
एकादुई मात्र हुन्छन् मालामाल
बुद्धि र सम्पत्तिले बन्दछ कङ्गाल”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !!

“अरुलाई मोबाइल नचला भन्या छ
आफू त्यसैमा ठसठसी कन्या छ
छोराछोरीलाई पढ् – पढ् भनेर
आफू मोबाइकै एडिक बन्या छ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“लाइक, कमेन्ट, सेयर र भ्यु
गरेन भनेर खोज्या छ निहुँ
अनिद्राले बिग्र्या छ जिउ
त्यही बन्या छ झगडाको बिउ”
मोबाइलको खराब लत
कसैमा नबसोस् हतपत !

“आजको ‘मोबाइल’ र ‘नेता’
दुवै जनताका पीडा र व्यथा
एउटै गुण छ दुवैमा सिध्याउने
यिनले कहिले मार्छन् के थाहा ? “
नेतागिरिको खराब लत
कसैमा नबसोस् हतपत !!

०००
सिन्धुली
हाल भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x