वासुदेव तिमल्सिनालोकतन्त्र
त्यस बेलाको घटनाको याद अहिले मलाई आयो र लाग्यो, “लोकतन्त्रमा निणर्य जनताको चाहना र उमङ्ग अनुसार हुदैन । बरू बन्द कोठामा राती सबै जनता सुतिसकेपछि हुन्छ ।”

बासुदेव तिमल्सिना :
“ल ! तिमीहरू नै फैसला गर हामी शैक्षिक भ्रमणमा दिल्ली जाने कि दार्जीलिङ ?” हाम्रो गणित शिक्षक दास सरले हामीलाई सोध्नु भो ।
म त्यतिबेला १० कक्षामा पढ्थेँ । हामी भन्दा अघिल्लो ब्याच दार्जीलिङ भ्रमणमा गएको थियो । ती साथीहरूले दार्जीलिङको वणर्न गरेको सुनेर हामीलाई पनि दार्जीलिङ नै जाने इच्छा जागेको थियो । त्यसैले हामी १० कक्षाका सबै साथीले एकै स्वरमा भन्यौँ, “दार्जीलिङ” । हाम्रो कुरा सुनेर हेडसर मुसुमुसु हाँस्नु भो ।
भोलिपल्ट दास सरले भ्रमणको स्थान बारे निणर्य सुनाउनु भो, “हामी भ्रमणमा दिल्ली जानेछौँ । जाने इच्छा भएजतिले ३ दिन भित्रमा १५० का दरले पैसा बुझाउनु ।”
हामी सबैले हेडसरको मुख तर्फ सहयोगको लागि हेर्यौँ । हेडसरले पत्रिकाले मुख छलेर थाहा नपाएझैँ गर्नु भो ।
त्यस बेलाको घटनाको याद अहिले मलाई आयो र लाग्यो, “लोकतन्त्रमा निर्णय जनताको चाहना र उमङ्ग अनुसार हुदैन । बरू बन्द कोठामा राती सबै जनता सुतिसकेपछि हुन्छ ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































