साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (११)

गाई गोठ छ खालि छैन दुधको थोपो,छ रित्तै कुँडे हाम्रो शक्ति रहेन खेत अब लौ बारी सबै बाँझिए । धारा साउनका झरीसरि भई आँसु झरे धर्धरी प्यारो यो घर नै उजाड अब भो काम्छौँ सधैँ थर्थरी ॥

Nepal Telecom ad

हेम अधिकारी :

बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो
कस्तो भो पृय काखमा गुटुमुटी, छाती चुसेको थियो ।
पापी,धुर्त नहून् बरू सुत नहून् तानो बनाई दिने
आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥

कालो मेघ मडारिँदै घनघटा गर्जन्छ गर्जन्छ यो
चम्किन्छन् बिजुली झिलिक्क जगतै थर्कन्छ थर्कन्छ पो ।
बाढी भित्र घरै पसेर सपना जम्मै बगाई दियो
हाम्रो फेरि वसन्तको दिन यसै कैल्यै नफिर्ने भयो ॥

गाई गोठ छ खालि छैन दुधको थोपो,छ रित्तै कुँडे
हाम्रो शक्ति रहेन खेत अब लौ बारी सबै बाँझिए ।
धारा साउनका झरीसरि भई आँसु झरे धर्धरी
प्यारो यो घर नै उजाड अब भो काम्छौँ सधैँ थर्थरी ॥

जेठो भो निठुरी बधू छ कपटी मातापिता बिर्सिए
कान्छो दुष्ट स्वभावको छ निठुरी झन् त्रास बड्दै गए ।
कान्छो गर्भ तुहेसरी हुन गयो भो आज सातो लिने ।
छोरा छन् तर आस छैन अबता त्यो दागबत्ती दिने ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x