साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु संवाद

कुराको विषयान्तर गरेकोमा रिसाउलान् कि भन्ने भय भयो । तर उनले सहजै यत्ति भने; “तिमी असार २८ गते धर्तीमा आयौ; म २९ गते जन्मिएँ तसर्थ...!”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“तिम्रो नश्वर धर्तीको ताजा खबर बताउन नन्दु दाजै ?” आवाज सुनेर म झस्किएर वरपर नियाल्न थालेँ ।

दौरासुरुवाल र बिर्के टोपीको परिधानमा मुस्कुराई रहेका भानु देखिए । आँखा तिरमिराए । आकाशका भानु आकाशमै चम्किरहेका थिए । सजीवको चौबिस घण्टे प्रार्थनाबाट खुशी भएर उनी पदार्पण भएका थिए । उनलाई पाएर सजीवहरू खाना पकाउन र आहारा जुटाउन व्यस्त भए । यता धर्तीमा ठिङ्ग उभिएका भानुलाई देखेर मैले मुण्टो ठड्याउन सकिनँ ।

“किन मेघकी बेहुली बिजुलीजस्तै मलाई देख्नासाथ लुक्न खोज्छौ नन्दु दाजै ? नेपाली भाषासाहित्यले मलाई प्रेम गर्छ । बन्धु भएर पनि तिमी भने तर्किन्छौ ? आखिर किन ?”

उनको उपस्थितिले मनलाई घोचेर घाउ बनाएकै थियो झन् प्रश्नले त्यसमै नुनचुक दलिदियो ।

“तिमीले छाडेको नेपालमा हामी हर्दम कुर्सीखेलमा रमाएका छौँ ।”

सत्य बोल्दा मैले यसो भन्नुपर्थ्याे तर वाक्य फुटाउन हिम्मत आएन । राम्रो कुरा भए पो गर्वसाथ भन्न सक्थेँ !

“आफूभन्दा सानो मलाई किन दाजै भनेको कविजी ?” हिम्मत जुटाउँदै मैले यत्ति प्रश्न राख्न सकेँ ।

कुराको विषयान्तर गरेकोमा रिसाउलान् कि भन्ने भय भयो । तर उनले सहजै यत्ति भने; “तिमी असार २८ गते धर्तीमा आयौ; म २९ गते जन्मिएँ तसर्थ…!”

०००
२०८१ असार २९ गते
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शेषमणि आचार्य
शेषमणि आचार्य
2 years ago

रमाइलो,मुटु मिचीमुची हाँसेँ दाजै!!म त दाजैभन्दा झन्डै नौ महिना कान्छो नि त!!

Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
1
0
Would love your thoughts, please comment.x
()
x