साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु संवाद

कुराको विषयान्तर गरेकोमा रिसाउलान् कि भन्ने भय भयो । तर उनले सहजै यत्ति भने; “तिमी असार २८ गते धर्तीमा आयौ; म २९ गते जन्मिएँ तसर्थ...!”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“तिम्रो नश्वर धर्तीको ताजा खबर बताउन नन्दु दाजै ?” आवाज सुनेर म झस्किएर वरपर नियाल्न थालेँ ।

दौरासुरुवाल र बिर्के टोपीको परिधानमा मुस्कुराई रहेका भानु देखिए । आँखा तिरमिराए । आकाशका भानु आकाशमै चम्किरहेका थिए । सजीवको चौबिस घण्टे प्रार्थनाबाट खुशी भएर उनी पदार्पण भएका थिए । उनलाई पाएर सजीवहरू खाना पकाउन र आहारा जुटाउन व्यस्त भए । यता धर्तीमा ठिङ्ग उभिएका भानुलाई देखेर मैले मुण्टो ठड्याउन सकिनँ ।

“किन मेघकी बेहुली बिजुलीजस्तै मलाई देख्नासाथ लुक्न खोज्छौ नन्दु दाजै ? नेपाली भाषासाहित्यले मलाई प्रेम गर्छ । बन्धु भएर पनि तिमी भने तर्किन्छौ ? आखिर किन ?”

उनको उपस्थितिले मनलाई घोचेर घाउ बनाएकै थियो झन् प्रश्नले त्यसमै नुनचुक दलिदियो ।

“तिमीले छाडेको नेपालमा हामी हर्दम कुर्सीखेलमा रमाएका छौँ ।”

सत्य बोल्दा मैले यसो भन्नुपर्थ्याे तर वाक्य फुटाउन हिम्मत आएन । राम्रो कुरा भए पो गर्वसाथ भन्न सक्थेँ !

“आफूभन्दा सानो मलाई किन दाजै भनेको कविजी ?” हिम्मत जुटाउँदै मैले यत्ति प्रश्न राख्न सकेँ ।

कुराको विषयान्तर गरेकोमा रिसाउलान् कि भन्ने भय भयो । तर उनले सहजै यत्ति भने; “तिमी असार २८ गते धर्तीमा आयौ; म २९ गते जन्मिएँ तसर्थ…!”

०००
२०८१ असार २९ गते
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शेषमणि आचार्य
शेषमणि आचार्य
1 year ago

रमाइलो,मुटु मिचीमुची हाँसेँ दाजै!!म त दाजैभन्दा झन्डै नौ महिना कान्छो नि त!!

Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
1
0
Would love your thoughts, please comment.x
()
x