मनीषकुमार शर्मा ‘समित’अदृश्य भाइरस
“तपाईंहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।” हाँस्दै अदृश्य भाइरसले जवाफ दियो । उता मानवजाति अवरूद्ध इन्टरनेटले छटपटी रहेका थिए ।

मनीषकुमार शर्मा ‘समित’ :
“हाम्रो पनि केही दाल गलेन ।”
मानवजातिको विनाशको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ले हरेस खाँदै भन्यो ।
“हो ! हामी जति सशक्त भए पनि हाम्रो विरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो ।” सार्सले थप्यो ।
“मलाई त झन उठ्नै नसक्ने गरी लडाए ।” औलोले निराशा व्यक्त गर्यो ।
“अब के गर्ने ? के हाम्रो योजना असफल नै हुने हो त ?” स्क्रब टाईफसले शंका गर्यो ।
“किन हरेश खाएको? हेर म अझ पनि डटी रहेको छु” – डेङ्गुले केही हौसला बढाउन खोज्यो ।
“यो पटक म प्रयास गर्छु ।” अकस्मात् आएको आवाजले उनीहरू सबै आवाज आएतिर फर्के ।
“को हौ तिमी ? सामुन्ने किन आउँदैनौ ?” सबैले एकै स्वरमा प्रश्न गरे ।
“म अदृश्य छु, तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ ।” – उसको आवाजमा दृढता थियो ।
केही समयको सरसल्लाह पछि अदृश्य भाइरसलाई जिम्मेवारी सुम्पियो ।
नभन्दै अदृश्य भाइरसले आफ्नो जिम्मेवारी वहन गर्यो । उसलाई बधाईं दिन पूनः एक पटक बैठक बस्यो ।
“हैन, तिमीले मानवजातिलाई थला बस्ने गरी नै प्रहार गर्यौ त । के गर्यौ हँ त्यस्तो ?” सबैको प्रश्न थियो ।
“तपाईंहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।” हाँस्दै अदृश्य भाइरसले जवाफ दियो ।
उता मानवजाति अवरूद्ध इन्टरनेटले छटपटी रहेका थिए ।
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































