साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदृश्य भाइरस

“तपाईंहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।” हाँस्दै अदृश्य भाइरसले जवाफ दियो । उता मानवजाति अवरूद्ध इन्टरनेटले छटपटी रहेका थिए ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“हाम्रो पनि केही दाल गलेन ।”
मानवजातिको विनाशको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ले हरेस खाँदै भन्यो ।
“हो ! हामी जति सशक्त भए पनि हाम्रो विरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो ।” सार्सले थप्यो ।
“मलाई त झन उठ्नै नसक्ने गरी लडाए ।” औलोले निराशा व्यक्त गर्‍यो ।

“अब के गर्ने ? के हाम्रो योजना असफल नै हुने हो त ?” स्क्रब टाईफसले शंका गर्‍यो ।
“किन हरेश खाएको? हेर म अझ पनि डटी रहेको छु” – डेङ्गुले केही हौसला बढाउन खोज्यो ।
“यो पटक म प्रयास गर्छु ।” अकस्मात् आएको आवाजले उनीहरू सबै आवाज आएतिर फर्के ।
“को हौ तिमी ? सामुन्ने किन आउँदैनौ ?” सबैले एकै स्वरमा प्रश्न गरे ।
“म अदृश्य छु, तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ ।” – उसको आवाजमा दृढता थियो ।

केही समयको सरसल्लाह पछि अदृश्य भाइरसलाई जिम्मेवारी सुम्पियो ।
नभन्दै अदृश्य भाइरसले आफ्नो जिम्मेवारी वहन गर्‍यो । उसलाई बधाईं दिन पूनः एक पटक बैठक बस्यो ।
“हैन, तिमीले मानवजातिलाई थला बस्ने गरी नै प्रहार गर्‍यौ त । के गर्‍यौ हँ त्यस्तो ?” सबैको प्रश्न थियो ।
“तपाईंहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।” हाँस्दै अदृश्य भाइरसले जवाफ दियो ।
उता मानवजाति अवरूद्ध इन्टरनेटले छटपटी रहेका थिए ।

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x