साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

अ‍ागामी दिनमा श्रमजीवी मजदुरहरूलाई उच्च सम्मान गर्दै जाने समेत संस्थाले निर्णय गरेको छ । "हिस्स बुढी हरिया दाँत,भुत्राको परिवर्तन" कोही बर्बराउँदै थियो ।

Nepal Telecom ad

राजेन्द्र घायल :

“देख्यौ त नयाँ भनेका नयाँ नै हुन् क्या अ‍ाँखिर परिवर्तन त गरेरै छोडे नि बोलेको वचन पूरा गरे”
“के भयो र त्यस्तो परिवर्तन ?”
“अ‍ाच्या थाहा छैन र अझै”
“के हो र ?”
“सूचना पढेनौ र ?”
“अहँ”
संस्थाका मजदुरहरूबिच यस्तै यस्तै संवाद भए ।

संस्थाको सूचना पाटीमा सूचना टाँस भएको थियो, यस संस्थाको लागि प्राप्त भएको एसी श्रमजीवी मजदुरहरूले काम गर्ने कार्यकक्षमा जडान गर्ने र उनीहरूको कामलाई सम्मान गर्ने अर्थात सुविधा जे अ‍ाउँछ तल्लो लेवललाई दिएर प्रोत्साहन दिने भनी हाम्रो नवगठित कार्यसमितिले ऐतिहासिक निर्णय गरेको छ।
अ‍ाहा कति राम्रो निर्णय

दिन बित्यो । भोलिपल्ट एउटा मजदुर हस्याङफस्याङ गर्दै अ‍ायो र भन्यो “अचम्म भो नि यार परिवर्तन नै परिवर्तन भएछ”
“के भयो र ?”
जाऊँ सूचना पढ्न भन्दै सबै सूचना पढ्न गए।
सूचना यस्तो थियो
विषय :- सूचना परिवर्तन गरिएको बारे।
यस संस्थालाई प्राप्त भएको एसी हाललाई संस्थाका प्रमुखको कार्यकक्षमा नै जडान गर्ने निर्णय गरिएको छ,किन कि विशिष्ट पाहुनाहरू प्रमुखकै कार्यकक्षमा अ‍ाउनुहुनेभएकोले वाध्यतावश यस्तो निर्णय गर्नुपरेको व्यहोरा जानकारी गराइन्छ। साथै अ‍ागामी दिनमा श्रमजीवी मजदुरहरूलाई उच्च सम्मान गर्दै जाने समेत संस्थाले निर्णय गरेको छ ।
“हिस्स बुढी हरिया दाँत,भुत्राको परिवर्तन” कोही बर्बराउँदै थियो ।

एउटा हनुमानदासले भने समर्थन गर्‍यो र भन्दै थियो ” जे भयो ठिक‌ै भयो, एसीले निद्रा लगाउँथ्यो, काममा डिस्डर्व गर्थ्यो, सूचना परिवर्तन हुनु पनि त परिवर्तन नै त हो नि,एसी स्वास्थ्यको लागि हानिकार छ,निर्णय सही छ ।”

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
अवस्था

अवस्था

सीताराम नेपाल
आजका श्रवण कुमार

आजका श्रवण कुमार

घनश्याम न्यौपाने ‘परिश्रमी’
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x