साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकेन काँचै रह्यो

बेपत्ता कति छन् अझै विपदमा छन् रे यहाँ घाइते यौटै प्रश्न मडारिंदै छ मनमा के पाइयो युद्धले ? आयो रे गणतन्त्र खै तर कतै देखिन्न कस्तो छ त्यो घाँडो भो उपलब्धि निल्नु कसरी पाकेन काँचै रह्यो ।

Nepal Telecom ad

राजेन्द्र घायल :

चाखौँला जनमुक्ति स्वाद गुलियो भन्ने थियो चाहना
बिस्तारै अधिकारयुक्त बलियो बन्ने थियो चाहना
सोचेको जति जे थिए हृदयले सम्पूर्ण उल्टो भयो
कोक्यायो जनक्रान्ति लौ न अति नै पाकेन काँचै रह्यो ।

आगो भो जनयुद्ध बेस्कन थप्यौ विद्रोहको दाउरा
आशाथ्यो अब पाक्छ पूर्ण हकको स्वादिष्ट खानेकुरा
पाक्यो है अब खान हुन्छ ल भनी भागेर कोही गयो
थाहा भो पछि क्रान्ति स्वाद नमिठो पाकेन काँचै रह्यो ।

एक्लै खान भनेर छट्टु जनले चोरेर आगो लगे
बेची क्रान्ति फटक्क फट्कन गए रातापीरा पो भए
यो नेपाल उठेन आँसु गहमा पीडा अनेकौं सह्यो
कट्मेरो गणतन्त्र टोक्नु कसरी पाकेन काँचै रह्यो ।

आगो फुक्न भनी महासमरको धेरै खटे सज्जन
आगोमा कति होमिए बलिदिए अर्पेर यो जीवन
पोखे रक्त महान ती शहिदले खोला बहे झै वह्यो
जे पाक्ला भनियो र क्रान्ति गरियो पाकेन काँचै रह्यो ।

बेपत्ता कति छन् अझै विपदमा छन् रे यहाँ घाइते
यौटै प्रश्न मडारिंदै छ मनमा के पाइयो युद्धले ?
आयो रे गणतन्त्र खै तर कतै देखिन्न कस्तो छ त्यो
घाँडो भो उपलब्धि निल्नु कसरी पाकेन काँचै रह्यो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x