सुरेशकुमार पाण्डेपर्व
लालपुर्जा लिएर आउन भनेका थिए । हाम्रो जमिनको पुर्जा पनि आगो लगाइदिएका रहेचन् जेन्जीहरूले, यो देशमा सुख्खसँग बस्नु छैन।

सुरेशकुमार पाण्डे :
“उफ् ! यो देशमा पनि कतिका बिदा हुँदोरहिछ ?”- कुमार फतफताउँदै एउटा होटलमा प्रवेश गर्यो।
“के खानुहुने हो ?”- होटलकी साहुनीले ऊ नबस्दै सोधिन्। कुमारले केही नबोली एक टक उसैलाई हेर्यो।
“हजुरलाई के चाहियो ?”- उसले फेरि आफ्नो कुरा दोराही।
“आज रातीलाई बास पाइन्छ ?”- कुमारले उसको प्रश्नमा प्रतिप्रश्न गर्यो।
“पाइन्छ ।”- साहुनीले भनिन्।
“त्यसो भए रातीको खाना खाने छु अहिले एक कप चिया पाइएला ? “- उसले सोध्यो। “पाइन्छ”- ऊ चिया पकाउन थाली कुमारको ध्यायन् अन्तै थियो।
“म पहाडबाट आएको आज काम सकेर फर्किनु पर्ला भनेर तर यहाँ त छुट्टी पो भन्छन् त आज केको छुट्टी रहछ।”- कुमारले साहुनिलाई सोध्यो।
“आज महा शिवरात्री हो हजुरलाई थाहा थिएन । अचेल त हात हातमा फोन हुन्छ कसैलाई फोन गरेर सोधेको भए हुन्थ्यो हजुरले दुःख पाउनु भयो अनाहकमा । हजुर पहाड कुन ठाउँबाट पाल्नु भएको हो ?”- साहुनीले सम्झाउँदै भनी।
“म साहुनीजी लेकबाट आएको हु।”- कुमारले आफ्नो जानकारी पनि गरायो।
“लालपुर्जा लिएर आउन भनेका थिए । हाम्रो जमिनको पुर्जा पनि आगो लगाइदिएका रहेचन् जेन्जीहरूले, यो देशमा सुख्खसँग बस्नु छैन।”- कुमारले मलिन अनुहार बनाउँदै भन्यो।
त्यहीबेला केही ब्यक्ति होटलमा प्रवेश गर्छन्।
“साहुजी खै त ?”- उनीहरू मध्य एकजनाले सोध्यो।
“होटलमा त म नै हो साहुजी त केही दिनलाई बाहिर जानु भएको छ।’ साहुनीले जानकारी गराई।
” ठिक छ -ठिक छ आजको रात हामी यतै बस्ने हो ।चार जनाको बस्ने खाने व्यवस्था गर्नुहोला।”- उसले भन्यो।
“हजुर हुन्छ । अनि कहाँदेखि पाल्नु भएको ? “- साहुनीले सोधिन्।
“हामी त कोही कहाँ कोही कहाँदेखि आएका हौँ।”-उसले भन्यो।
“अनि के कार्यक्रम छ ?’- साहुनीले सोधिन्।
भोलिदेखि देश बन्दको आव्हान गरेका छौँ हामीले।”-उसले भन्यो।
“उफ् ! अब त कामै नहुने भयो। यो देशमा छुट्टी र हड्तालको त लेखो नै छैन।”- उनीहरूको कुरा सुनिरहेको कुमारले ठूलो स्वास फेर्दै र आकासतर्फ हेर्दै भन्यो।
०००
दाङ घोराही १८
०४-११-२०८२)
Subscribe
Login
0 Comments
Oldest






































