साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्व

लालपुर्जा लिएर आउन भनेका थिए । हाम्रो जमिनको पुर्जा पनि आगो लगाइदिएका रहेचन् जेन्जीहरूले, यो देशमा सुख्खसँग बस्नु छैन।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“उफ् ! यो देशमा पनि कतिका बिदा हुँदोरहिछ ?”- कुमार फतफताउँदै एउटा होटलमा प्रवेश गर्यो।

“के खानुहुने हो ?”- होटलकी साहुनीले ऊ नबस्दै सोधिन्। कुमारले केही नबोली एक टक उसैलाई हेर्यो।

“हजुरलाई के चाहियो ?”- उसले फेरि आफ्नो कुरा दोराही।

“आज रातीलाई बास पाइन्छ ?”- कुमारले उसको प्रश्नमा प्रतिप्रश्न गर्यो।

“पाइन्छ ।”- साहुनीले भनिन्।
“त्यसो भए रातीको खाना खाने छु अहिले एक कप चिया पाइएला ? “- उसले सोध्यो। “पाइन्छ”- ऊ चिया पकाउन थाली कुमारको ध्यायन् अन्तै थियो।

“म पहाडबाट आएको आज काम सकेर फर्किनु पर्ला भनेर तर यहाँ त छुट्टी पो भन्छन् त आज केको छुट्टी रहछ।”- कुमारले साहुनिलाई सोध्यो।

“आज महा शिवरात्री हो हजुरलाई थाहा थिएन । अचेल त हात हातमा फोन हुन्छ कसैलाई फोन गरेर सोधेको भए हुन्थ्यो हजुरले दुःख पाउनु भयो अनाहकमा । हजुर पहाड कुन ठाउँबाट पाल्नु भएको हो ?”- साहुनीले सम्झाउँदै भनी।

“म साहुनीजी लेकबाट आएको हु।”- कुमारले आफ्नो जानकारी पनि गरायो।

“लालपुर्जा लिएर आउन भनेका थिए । हाम्रो जमिनको पुर्जा पनि आगो लगाइदिएका रहेचन् जेन्जीहरूले, यो देशमा सुख्खसँग बस्नु छैन।”- कुमारले मलिन अनुहार बनाउँदै भन्यो।

त्यहीबेला केही ब्यक्ति होटलमा प्रवेश गर्छन्।
“साहुजी खै त ?”- उनीहरू मध्य एकजनाले सोध्यो।

“होटलमा त म नै हो साहुजी त केही दिनलाई बाहिर जानु भएको छ।’ साहुनीले जानकारी गराई।

” ठिक छ -ठिक छ आजको रात हामी यतै बस्ने हो ।चार जनाको बस्ने खाने व्यवस्था गर्नुहोला।”- उसले भन्यो।

“हजुर हुन्छ । अनि कहाँदेखि पाल्नु भएको ? “- साहुनीले सोधिन्।

“हामी त कोही कहाँ कोही कहाँदेखि आएका हौँ।”-उसले भन्यो।

“अनि के कार्यक्रम छ ?’- साहुनीले सोधिन्।
भोलिदेखि देश बन्दको आव्हान गरेका छौँ हामीले।”-उसले भन्यो।

“उफ् ! अब त कामै नहुने भयो। यो देशमा छुट्टी र हड्तालको त लेखो नै छैन।”- उनीहरूको कुरा सुनिरहेको कुमारले ठूलो स्वास फेर्दै र आकासतर्फ हेर्दै भन्यो।

०००
दाङ घोराही १८
०४-११-२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x