साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरहरुको विरोधपत्र

हामी मानिस बन्नुछैन कहिल्यै जे छौं हुनेछौँ उही मान्छेले बहुभेष धर्दछ बडो लाएर खोक्रो फुइँ हामी जत्ति इमानदार छ कहाँ मैमत्त भो व्यर्थको हाम्रो नाम नकाढ हे मनुज हो सुन्दा सुहाउन्न त्यो ।

Nepal Telecom ad

राजेन्द्र घायल :

हामी बाध्य भयौं र बैठक बसी गर्नै पर्याे निर्णय
लेख्यौँ आज विरोधपत्र यसरी मान्छे बुझून् आशय
छाडे बोल्न भएर सभ्य किन हो भुक्छन् सदा मानिस
ठूला मालिकका जुठो अनि पुरो ढुक्छन् सदा मानिस ।

यौटा मानिस झोक्किँदै कुकुर होस् भन्दै छ अर्कोकन
अर्को मानिस भन्छ तैँ कुकुर होस् घोक्रो फुलाई झन
हाम्रो नाम स्वभाव लुट्छ यसरी मान्छे गरी गर्जन
गर्नेपर्छ कि झैं भयो अब यहाँ सङ्घर्ष आन्दोलन ।

हड्डीका टुकुरा मिल्यो यदि भने हामी भुकी लड्दछौं
कुर्सीका सुकुटी सुँघेपछि खुवै मान्छे लडे देख्द‌छौं
गर्छन् डार्र र ङुर्र मानिसहरू हाम्रै गरी नक्कल
मान्छेको पहिचान खै ? कुकुर भै गुम्दैगयो सक्कल ।

हामी मानिस बन्नुछैन कहिल्यै जे छौं हुनेछौँ उही
मान्छेले बहुभेष धर्दछ बडो लाएर खोक्रो फुइँ
हामी जत्ति इमानदार छ कहाँ मैमत्त भो व्यर्थको
हाम्रो नाम नकाढ हे मनुज हो सुन्दा सुहाउन्न त्यो ।

हामी चेतनशील भन्छ तर खै संस्कार नै पत्रु भो
मान्छेमाझ छ जालझेल लफडा मान्छे स्वयम् शत्रु भो
हाम्रा नाम स्वभाव यी नलुट है बिन्ती छ हे मानिस
लेख्यौँ आज विरोधपत्र यसरी उठ्दैछ चर्को रिस ।

०००
चितवन
घायलको घुयेँत्राे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x