साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के फल्यो के फल्यो ?

टुप्पोमै छ रजाइँ चैन तिनका को झर्छ झुक्दै तल हाम्रा क्रान्ति र यातना विगतका लाग्छन् फिका निष्फल चाख्ने स्वाद लिने र अ‍ाँत दरिलो पार्ने थियो चाहना यो उत्पादन के भयो मुलुकमा उल्टै थप्यो वेदना ।

Nepal Telecom ad

राजेन्द्र घायल :

रोपेथ्यौं गणतन्त्र बोट बिरुवा जुट्दै बडो हर्षले
हुर्क्यो बोट फलेन क्यै फल त्यहाँ राजा र रानी फले
राजा एक गए नि मालिक अरू राजा हजारौं फले
सड्दै छन् दलवृक्षका फलहरू दुर्गन्ध बाँड्दै गले

दर्जा मान अनेक सौख सुविधा सत्ता र भत्ता फले
नाफाखोर बिचौलिया खुश भए ठेक्का र पट्टा फले
भष्टाचार दलालतन्त्र नमिठो धोका निरासा फले
देख्दैछौं लटरम्म बेथिति सँगै षड्यन्त्र पासा फले

टुप्पोले रस खान्छ फेद भुइँको सोसेर अ‍ानन्दले
हीरा हार फले फले सुन अहा गट्ठी रुपैयाँ फले
नाता वा परिवारवाद रसिलो अ‍ासे र पासे फले
चम्चे चाकरवाज लम्पट फले निर्धा र सोझा ढले

व्यापारी र भिसा फले गजबले क्या राहदानी फले
छाड्दैछन् गुँड ती युवा र युवती बिर्सेर बस्ती चले
खान्की खाट खुराक छोड्न नसकी पाकाहरू लठ्ठिए
कुर्सी लोलुपता फल्यो मगजमा सिद्धान्त निष्ठा खिए

जित्नैपर्छ यहाँ लिऊँ पद भनी लौरो र डन्डा फले
खानैपर्छ जुटेर नै किन नहोस् झन् भागबन्डा फले
हाम्रा ती पसिना चुसी रुख बढ्यो बेग्लै फलायो फल
हेर्छौं माथि खसेर फोहर निकै दुर्गन्ध फैल्यो तल

टुप्पोमै छ रजाइँ चैन तिनका को झर्छ झुक्दै तल
हाम्रा क्रान्ति र यातना विगतका लाग्छन् फिका निष्फल
चाख्ने स्वाद लिने र अ‍ाँत दरिलो पार्ने थियो चाहना
यो उत्पादन के भयो मुलुकमा उल्टै थप्यो वेदना

झाडी झार जताततै विकृतिको जञ्जाल पो देखियो
गर्नेले त गर्‍यो निकै चकचकी जिङ्रग्रिङ्ङ भो देश यो
हाम्रो पौरख खै भनेर जनता हुन्छन् बडो चिन्चित
टुप्पो हेर्छ परेर मख्ख अहिले हाँस्दै बडो खित्खित ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x