साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँसुरीको स्वर र बज्रपात

बाँसुरी फेरि सुनियो तर यसपटक क्रन्दनजस्तो । अघिका साधु अकस्मात हराए । जनैधारी नेताले मञ्चबाट घोषणा गरे- "भक्तिमै मुक्ति !"

Nepal Telecom ad

नन्दलाल आचार्य :

अचानक सुनियो- गोठैगोठ गुञ्जिएको बासुरी ।
कसले बजायो ? कसैले देखेन ।
गाउँको चौतारोमा वृद्ध साधु मुस्कुराइरहे ।
“आज श्रीकृष्ण अष्टमी हो ।” उनले सम्झाएको जस्तो स्वरमा भने ।

बालबालिका रङ्गीचङ्गी पोशाकमा नाच्न थाले ।
युवाहरू सेल्फीमा रमाए । मठमन्दिरमा भीड बाक्लियो । दानपात्र भरिन थाल्यो, तर भिकारीको भाँडो खाली नै रह्यो ।

बजारमा लाउडस्पीकर गर्जियो- “धर्म रक्षा, कृष्ण पूजा !”
त्यही भीडभाडको मासु पसलमा खडा लाइन लामो हुँदै गयो । कुखुराका टाउकाको थुप्रो ठडिँदै गयो, बोका-राँगाको रगतसँगै धूपबत्तीको धुवाँ मिसियो ।

बाँसुरी फेरि सुनियो तर यसपटक क्रन्दनजस्तो । अघिका साधु अकस्मात हराए । जनैधारी नेताले मञ्चबाट घोषणा गरे- “भक्तिमै मुक्ति !”

भीड ताली बजाउँदै उन्मत्त भयो । तर, बासुरीको अन्तिम धुनले भने कठोर सत्य थुपार्‍यो- “कृष्णले गोठालिनीको आँसु पुछेका थिए, तिमीहरूले तिनका नातिनीलाई बेच्यौ ।”

०००
२०८२ साउन ३१ गते ।
कृष्णाष्टमी पर्व

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x