साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार गरौँ

छोडी देश उडून् युवा र युवती यो देश रित्तो बनोस् काडौं धेर विदेशका ऋण बढोस् उद्देश्य यस्तै रहोस् हाम्रो ध्यान हुनेछ भ्रष्टपथमै चाहिन्न केही अरू भ्रष्टाचार अपार कर्म जय होस् यस्तै पुकारा गरूँ ।

Nepal Telecom ad

राजेन्द्र घायल :

आऊ हात मिलाउँदै अघि बढौं खाने कुरामा जुटौं
छाला हाड लुछेर यो मुलुकको हामी हमेसा उठौं
हामीले इतिहास रच्नुछ नयाँ मौका मिल्यो ऊर्वर
भ्रष्टाचार गरौं सके जति ल है रोक्ने यहाँ को छ र ?

टोक्नैपर्छ कर्‍याप्प राष्ट्र ढुकुटी दारा तिखार्दै गरूँ
बाँकी राख्नुहुँदैन क्यै पनि यहाँ सारा निखार्दै गरूँ
चौका हान्नु अवश्य पर्दछ जुटी मौका मिलेको घडी
भ्रष्टाचार गरौं मिलेपछि सबै को लाउँछन् हत्कडी

भ्रष्टाचार हुँदैन गर्न मुखले भन्ने गरौं जोडले
खाअ‍ौँ टन्न सुटुक्क गोप्यसित लौ कुम्ल्याऊँ बोतोडले
जल्ले गर्छ विरोध उठ्न नसकोस् पाखा लगाऊँ जुटी
पार्दै हात छपक्क राष्ट्रधनमा अ‍ाँखा लगाऊँ उठी

कोही फाइल खोल्न हेर्न नसकोस् ताला लगाई रहूँ
सिक्री हार अनेक रत्न सुनका बाला लगाई रहूँ
सारा भ्रष्टहरू परस्पर यहाँ जुट्दै सघाई रहूँ
चुस्दै राष्ट्र रुवाई अ‍ामजनता हामी अघाई रहूँ

जप्दै बाहिर राष्ट्रवाद मुखले छर्दै अनेको भ्रम
जाली तस्कर वा दलालजनका साथी बनौं हर्दम
अ‍ाऊ मिल्न बिचौलिया सँगसँगै बाँडेर खाऊँ अब
भ्रष्टाचार गरेर जीवन फुलोस् ल्याऊँ नयाँ रौनक

काण्डैकाण्ड प्रकाण्ड उन्मुख हुँदै हामी बनौं चर्चित
हेर्छन् ट्वाल्ल परेर जिल्ल दुनियाँ हाम्रो दरो शक्ति छ
फेर्दै भेष अनेक नक्कल गरी हामी लुछौं राष्ट्र यो
भ्रष्टाचार बजार धन्य जय होस् हामी सबै भ्रष्टको

मुठ्ठीभित्र लिएर ऐन विधि यो हामी मिचौं कानुन
खाएको मुख चुठ्न खप्पिस बनौं यी हातलाई धुन
हामी चोखिनुपर्छ कञ्चन हुँदै साह्रै चनाखो बनी
भन्नैपर्छ चुनावको बखतमा हौं राष्ट्रप्रेमी भनी

यो श्रीपेच सधैं अकन्टक रहोस् सत्ता लिँदै जोसले
हाम्रो मान र सान कायम रहोस् सर्वत्र बेजोडले
छौं हामी भ्रमजाल बुन्न तगडा झुक्याउने छन् कला
जो जो बन्छ इमानदार बिचरो पर्नेछ अ‍ाफै थला

जग्गा खोज्नुछ सम्पदा बनबुटा खोला नदी पर्वत
हुन्छन् ती परिकार उन्नत अहा हाम्रा मिठा सर्वत
भ्याअ‍ौं राष्ट्र लुछी लुछी सलह भै हाम्रो यही लक्ष्य हो
जोड्ने धेर कमाउने रहर भो सम्पन्न गन्तव्य हो

छोडी देश उडून् युवा र युवती यो देश रित्तो बनोस्
काडौं धेर विदेशका ऋण बढोस् उद्देश्य यस्तै रहोस्
हाम्रो ध्यान हुनेछ भ्रष्टपथमै चाहिन्न केही अरू
भ्रष्टाचार अपार कर्म जय होस् यस्तै पुकारा गरूँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x