साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो भाषण र हाम्रो कविता

तिम्रो सोच छ धारणा हृदयमा पाऊँ म राम्रो पद हाम्रो सोच दिएर चेत जनमा हुन्छौं सदा गद्गद जे जे देख्छ अवश्य लेख्छ कविता रोकिन्न यो लेखन तिम्रो लक्ष्य चुनाव हो र सकियो ऐले कता छौ भन ?

Nepal Telecom ad

राजेन्द्र घायल :

तिम्रो भाषण स्वार्थको कवच हो नाफा असुल्ने कला
हाम्रो काव्य समाजदर्पण तथा हो सत्यको फैसला
तिम्रो भाषण कागजी कुसुम हो सौन्दर्यको खोल हो
हाम्रो काव्य सुवास हो समयको आवाज हो बोल हो

तिम्रो भाषण खोज्छ भीड जनको वा वा र ताली बढी
हाम्रो काव्य अलाप्छ सत्यमहिमा गाली मिलोस् या छडी
तिम्रो लक्ष्य छ जीतउन्मुख सधैं बोली अनेकौं झुटो
हाम्रो काव्य यथार्थ बक्छ नडगी एक्लिन्छ बन्दै छुचो

तिम्रो भाषणमा कुतर्क छ बढी बोल्छौ नपुग्ने कुरा
हाम्रो काव्य विचार तर्क अथवा सत्ज्ञानको हो धुरा
हाम्रो साधन मुख्य यै कलम हो गिर्दैन कैले पनि
तिम्रो साधन मुख्य पङ्गु गफ हो गिर्दो छ जैले पनि

तिम्रो सोच छ धारणा हृदयमा पाऊँ म राम्रो पद
हाम्रो सोच दिएर चेत जनमा हुन्छौं सदा गद्गद
जे जे देख्छ अवश्य लेख्छ कविता रोकिन्न यो लेखन
तिम्रो लक्ष्य चुनाव हो र सकियो ऐले कता छौ भन ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
खाऊ

खाऊ

राजेन्द्र घायल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x