साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युग ब‌दलियो

जमाना बद्लियो... अचेल जताततै फाटेको लुगा लाएर हिँड़ेन भने असभ्य भनिमागिन्छ। नारी जातिको अङ्ग जति ढाक्न सकिन्छ उति सभ्य, संस्कारित ठानिन्थ्यो उहिले।

Nepal Telecom ad

नगिता लेप्चा राई :

सबै भन्छन् जमाना नयाँ आयो। बुढ़ापाका भन्छन्, पश्चिमी सभ्यताले हाम्रो संस्कार-संस्कृति सखाप पार्यो। साँच्चै हाम्रो समाज आँखा चिम्लेर पश्चिमी सभ्यताको नक्कल गर्न सिपालु भएको छ। रहन-सहन, उठ्बस्, लाउनु-खानुमा पश्चिमी सभ्यताको जगजगी छ।

सबभन्दा पश्चिमी फेसनले हाम्रा युवक-युवतीलाई लट्याएको छ। यो फेसन पनि परिवर्तनशील छ। एक जमानामा बिटल्स (The Beatles)-को जगजगी थियो। लामा लामा कपाल पालेर हातमा एउटा गिटार लिएर माथि डाँडामा बसी अलिकति झ्याङ्-झ्याङ पाओ कि बिटल्स भइहाल्ने देसानले हाम्रा युवाहरूलाई भेटेकै हो एक समय। त्यसपछि मिनी स्कर्ट लाएर बजारबीचमा तिघ्रा देखाउने युवतीहरू जन्मिए। जमाना बद्लिँदै गयो… टाइट फिटिङ लाउने युवतीहरूको जमात देखियो। भुइँमा अचानक केही खसे त्यो टिप्न घोप्टिंदा वा निहुरिँदा बजार बीचमा टाइट फिटिङ द्वारै फाटेको दृश्य देख्नेहरू धेरै थिए। त्यतिबेला एउटा गीत निकै प्रचलित थियो-

रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो।
साइँला दाइ आय्या…या…
आकका सान नानी।

टाइट फिटिङको बजार चम्केको बेला यसै गीतको प्यारोडीले बजार पिटेको थियो-

रिटिङ रिटिङ नलगाऊ टाइट फिटिङ
टाइट फिटिङले मन मेरो लोभ्यायो
साइँला दाइ आय्या या…
आकका, सान नानी।

त्यसपछि जमाना आयो गुन्यूँ छोटो लाउने तर पेटिकोट (साया) लामो लाउने। हामीले गुन्यूँ छोटो र साया लामो लाएर आफूलाई सभ्य नारी देखाउने प्रयास गर्यो। त्यतिबेला सायोनाराको गीत खूब प्रचलित थियो…

सायोनारा सायोनारा
वादा निभाऊंगी सायोनारा…

यसैको प्यारोडी यसरी बनियो-

साया लामो गुन्यूँ छोटो
बैनीको ब्यागमा मेरो फोटो।

दाजु-बैनी सराबरी प्याण्ट लाउने जमाना आयो। अघिल्तिरबाट हेर्दा युबती पछिल्तिरबाट हेर्दा युवक देखिने फेसनले हामीलाई ग्रस्त पार्यो।

उहिले हामीले फाटेको लुगाफाटा लाउनै नमान्ने। कतै फाटेको लुगा लाउनु परे हामी घरदेखि बाहिर निस्किन नमान्ने। जमाना बद्लियो… अचेल जताततै फाटेको लुगा लाएर हिँड़ेन भने असभ्य भनिमागिन्छ। नारी जातिको अङ्ग जति ढाक्न सकिन्छ उति सभ्य, संस्कारित ठानिन्थ्यो उहिले। अहिले च्यातिएको लुगा लाएर गोप्य अङ्ग प्रदर्शन गर्ने होड़बाजी चलेको देखिन्छ। भविष्यमा अब के के च्यातेर हिँड्ने हो त्यो जमानाले नै बताउला।

भनिन्छ, जमानासित चल्नुपर्छ तर आफ्ना गोप्य अङ्गहरू प्रदर्शन गरेर हिँड्नु असभ्यता मात्र होइन कुसंस्कारको लक्षण हो।

हाम्रो कति राम्रो पहिरन छ- चौबन्दी फरिया, साड़ी। भानुजयन्ती, फूलपाती शोभायात्रामा मात्रै एक दिन चौबन्दी फरिया पहिरियो अनि अरू दिन आफ्नो अङ्ग प्रदर्शन गर्दै फाटेको वा च्यातिएको लुगा पहिरिएर हिँड्नु अवश्यै पनि राम्रो लक्षण होइन।

ठीकै हो, जमानासित हिँड्नुपर्छ। तर जमानासित हिँड्नु पायो भन्दैमा आफ्नो इज्जत, संस्कार संस्कृति मास्नु कुलक्षणकै सङ्केत हो भन्ने मलाई लाग्दछ।

०००
खाेलाफाप्री, दार्जिलिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x