साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्ता जेन्जी म चाहन्न !!

चोर्नकै निम्ति विध्वंस तिमी गर्छौ भने यता आफ्नै घर जलाएर लर्बरिन्छौ जतातता ! फाल्न ताण्डव यो एक अर्को ताण्डवको जग रच्छौ भने तिमी जेन्जी कहाँ बन्छौ र दिग्गज !!

Nepal Telecom ad

कलानिधि दाहाल :

तोडफोड र यो अग्निकाण्ड नायक हौ भने
हिँसाका दहमा डुब्ने सर्वनाशक छौ भने !
व्यक्तिका घरमा चोर पस्ने जमात हौ भने
भो भो चाहिन्न यो जेन्जी घाँडो मात्र भयौ भने !!

विवेकका सबै तार चुँडी चल्मल चल्मल
इसारा अन्यका मानी गर्दछौ तिमी खल्बल !
कठालो व्यक्ति इर्ष्यामा रमाउँछौ भने तिमी
भो भो चाहिन्न ए,जेन्जी!नआऊ नजिकै तिमी !!

बुढा वृक्ष जरा उक्की छन् सत्ताभित्र बुझ्छु म
निरङ्कुश बनेका छन् सम्झनाभित्र हुन्छु म !
अग्लो पहाड अन्याय थुप्रेको पनि देख्छु म
थाहा छैन तिमीलाई राम्ररी भन्न सक्छु म !!

तार समयका सार जसरी जोड्नु पर्दछ
चक्रव्युह जता हानी ढोका यी फोड्नु पर्दछ !
यही ताण्डवको शैली लिई बढ्छौ भने उता
भो भो चाहिन्न ए, जेन्जी फेरि नफर्क हो यता !!

हटाई स्याल डुक्रेको सत्तामा चितुवा किन
खतरा अझ निम्तिन्छ तानाशाह हुने दिन !
चिबे मारी लिई हात गिध्द रम्छौ भने किन
भो भो चाहिन्न ए,जेन्जी नआऊ अझ ठोक्किन !!

सत्ता लालसका ल्वाङ तिमीमा देखिए अझ
इतिहास सबै यस्तै तिमी खै कति दिग्गज ?
मारे मर्ने भए बाँच्ने बाँचेका मृत्यु मर्दछौ
भो भो जेन्जी यिनै स्वार्थ के धाक तिमी गर्दछौ ??

कलिला दिल मोडेर हिँसा आहाल पौडिने
बौँडाइ मुखमा चेपी लामा जुलुस बौडिने !
भ्रष्ट विरुध्दको हिंसा सत्ता ताकेर भ्रष्टको
हिँड्छौ भने तिमी जेन्जी तिम्रो उद्देश्य प्रस्ट भो !!

चोर्नकै निम्ति विध्वंस तिमी गर्छौ भने यता
आफ्नै घर जलाएर लर्बरिन्छौ जतातता !
फाल्न ताण्डव यो एक अर्को ताण्डवको जग
रच्छौ भने तिमी जेन्जी कहाँ बन्छौ र दिग्गज !!

अशान्तिमा हुने शान्ति अहिंसामा छ हिंस्रक
अभ्रष्टमा हुने भ्रष्ट यो नै देख्छु भयानक !
बुध्दत्वमा हुने घात अझ हो घबराहट
गोडेसे छौ बनी गान्धी जेन्जी भएर आहट !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x