साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ठूलाे !

नानीभन्दा आची ठूलाे सत्यभन्दा साछी ठूलाे गुणभन्दा गान ठूलाे बुद्धिभन्दा मान ठूलाे ! बाबुभन्दा छाेराे ठूलाे गुरुभन्दा चेलाे ठूलाे याे त नयाँ संस्कृति हाे सबैभन्दा म पाे ठूलाे !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

देशभन्दा पार्टी ठूलाे
पार्टीभन्दा नेता ठूलाे
भार थाम्ने कसरी हाे ?
शिरभन्दा फेटा ठूलाे !

शान्तिभन्दा क्रान्ति ठूला
भाेकभन्दा नारा ठूला
विडम्बना यस्तै यहाँ
चन्द्रभन्दा तारा ठूला !

कामभन्दा बात ठूलाे
मान्छेभन्दा जात ठूलाे
उज्यालाेमा तर्सनेकाे
दिनभन्दा रात ठूलाे !

लाेकतन्त्र झुटाे भयाे
देवभन्दा जुद्ध ठूलाे
मसीभन्दा असि राम्राे
बुद्धभन्दा युद्ध ठूलाे !

नानीभन्दा आची ठूलाे
सत्यभन्दा साछी ठूलाे
गुणभन्दा गान ठूलाे
बुद्धिभन्दा मान ठूलाे !

बाबुभन्दा छाेराे ठूलाे
गुरुभन्दा चेलाे ठूलाे
याे त नयाँ संस्कृति हाे
सबैभन्दा म पाे ठूलाे !

०००
दाङ
जय अवसरवाद ! (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x