साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा भन्छिन्

जाली झेली सबतिर फिँजिए लोकमा त्रास छायो सामन्तीले धन जमिन लुटी दास ज्यादा बनायो फाटो गर्छन् अबुझ पसु बनी व्यर्थमा भाइ भाइ आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

माया मार्दै बहुत पर भए आँत मेरो जलाइ
माटो बिर्से जनक र जननी बिर्सिए दाइ भाइ
स्वर्गै जस्तो पर मुलुक भनी जान थाले रमाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥१

यो माटोमा अवतरित भए देवता बार बार
यै धर्ती हो अति पवित थलो पूर्वको सृष्टिद्वार
बस्थे आई सुर अधिक यहाँ कर्मको गीत गाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥२

मान्छे नै हो कुशल र बलियो तेजिलो चित्रकार
मान्छे नै हो चरम प्रगतिको सिर्जनाको जुहार
आफ्ना बिर्से सचमुच गुरु नै मान्न थाले पराई
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥३

मान्छेले नै हिम शिखर छुने देख्छ सोपान बाटो
मान्छेले नै श्रम र सिप दिए हुन्छ गुल्जार पाटो
बिर्से आफ्नो प्रखर बल बुता हुन्छ के पो भलाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥४

जाली झेली सबतिर फिँजिए लोकमा त्रास छायो
सामन्तीले धन जमिन लुटी दास ज्यादा बनायो
फाटो गर्छन् अबुझ पसु बनी व्यर्थमा भाइ भाइ
आमा भन्छिन् सपुत सकलले भुल्नथाले मलाई॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x