साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस् …

छैन गाँस बासको कपासको कतै कमी छिन् धरा हराभरा मनुष्य बस्दछन् रमी शैल वा हिमाल वा मधेससम्म धाउँदा वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ॥

Nepal Telecom ad

रामशरण न्यौपाने पाँचघरे :

झाँगिए बहारले उजार बाग बेसरी
नृत्य गर्दछन् जहाँ चरीबरी सयौँ थरी
छिन् प्रसन्न सङ्गिनी बगानमा डुलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥१॥

छन् बधू र पुत्र नै स्वदेशमा रमाउने
पौरखी बनी पुँजी कमाउने जमाउने
नाति नातिनीसँगै बसेर मुस्कुराउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥२॥

बागमा प्रसून छन् अनेक रूप रङ्गका
गाउँठाउँमा जता बहार छन् उमङ्गका
झाँङमा लुकी चरा प्रगाढ प्रीत लाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥३॥

छन् गुराँसका घना बगान हेर निर्मल
वृक्ष छन् हराभरा अनेक पोषका फल
अन्नपात खेतमा थरी थरी झुलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥४॥

छैन गाँस बासको कपासको कतै कमी
छिन् धरा हराभरा मनुष्य बस्दछन् रमी
शैल वा हिमाल वा मधेससम्म धाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा॥५॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x