साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्केन छोरो दिन दागबत्ती

पैसा कमाए पनि छैन काम छोरो बनी राख्न भुलेर नाम किनेन कात्रो पनि त्यो त्रिहत्ती फर्केन छोरो दिन दागबत्ती॥

Nepal Telecom ad

रामशरण न्यौपाने पाँचघरे :

माता पिता नै परलोक जाँदा
जम्माभई बन्धु मसान लाँदा
राखेन माया मुटुभित्र कत्ति
फर्केन छोरो दिन दागबत्ती॥१

हेर्ने थियो आस पुता फिरेको
हाँसेर आफ्नै घरमा छिरेको
संस्कारले तान्नसकेन रत्ती
फर्केन छोरो दिन दागबत्ती॥२

माता पिताजीकन धेर पिर्ने
यस्ता हरामीकन चेत फिर्ने
टार्ने यहाँ को छ र यो विपत्ती?
फर्केन छोरो दिन दागबत्ती॥३

देखेर यस्तो मतिभ्रष्ट चाला
रोपेसरी भै मुटुभित्र भाला
भन्छन् सबैले खुद हो असत्ती
फर्केन छोरो दिन दागबत्ती॥४

धेरै यहाँ छन् परदेश जाने
माता पिताको वचनै नखाने
को कस्नसक्ने लिन काबु नत्थी?
फर्केन छोरो दिन दागबत्ती॥५

पैसा कमाए पनि छैन काम
छोरो बनी राख्न भुलेर नाम
किनेन कात्रो पनि त्यो त्रिहत्ती
फर्केन छोरो दिन दागबत्ती॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x