साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध आश्रम बनून् शिवालय

मृत्युको पछि दिएर मिल्छ के ? पाउने छ कसले र निल्छ के? देह जीवित छँदै दिऊन् पय वृद्ध आश्रम बनून् शिवालय॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

धर्म उत्तम रहोस् गृहस्थको
बास सुन्दर सगोल मस्तको
जिन्दगी अब बनोस् सुधामय
वृद्ध आश्रम बनून् शिवालय॥१॥

वृद्ध हुन् जतिसुकै बुवा मुमा
ठान्नुपर्छ शिव वा सती उमा
वृद्धमाथि नरहोस् दुराशय
वृद्ध आश्रम बनून् शिवालय॥२॥

चित्त व्याकुल बनी गए पनि
पुत्र ल्याउन खटून् रथी बनी
फर्कियून् सब जना स्वआलय
वृद्ध आश्रम बनून् शिवालय॥३॥

छन् जहाँ र जसरी सुसन्तति
प्रेम पोषण गरी सधैँ अति
राख्न वृद्ध घरमा गरून् तय
वृद्ध आश्रम बनून् शिवालय॥४॥

वृद्ध आश्रम लगी स्वयम् उता
दूरदेश दगुरे बधू पुता
रित्तिने घर भयो ठुलो भय
वृद्ध आश्रम बनून् शिवालय॥५॥

मृत्युको पछि दिएर मिल्छ के ?
पाउने छ कसले र निल्छ के?
देह जीवित छँदै दिऊन् पय
वृद्ध आश्रम बनून् शिवालय॥६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x