साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित एवं समीक्षक पुरुषोत्तम सिग्देलकाे आतिथ्यमा सम्पन्न भयाे ।

Nepal Telecom ad

काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपालको १५६ औँ नियमित कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित एवं समीक्षक पुरुषोत्तम सिग्देलकाे आतिथ्यमा सम्पन्न भयाे ।

कार्यक्रममा विशिष्ट अतिथि भोजराज न्यौपाने, पवनकुमार बुढाथोकी, हरि खनाल तथा र बमबहादुर थापा ‘जिताली’ हुनुहुन्थ्याे ।

कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक सिर्जना निकै चित्ताकर्षक ढङ्गबाट कविहरूले प्रस्तुत गर्नु भएको थियो । देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना सुमधुर लयमा वाचन गरिएको थियो ।

उक्त गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने भुवनहरि सिग्देल (लोकछन्दको – उड्कुसी मुड्कुसी कविता), पुरुषोत्तम सिग्देल (उपेन्द्रवज्रा छन्दको– ऐना पुछे न त पुछिन्छ दाग कविता), डा.बमबहादुर थापा जिताली (अनुष्टुप् /शास्त्रीय छन्दको कविता छाँगा), हरि खनाल (भुजङ्गप्रयात छन्दको गजल), भोजराज न्यौपाने (मन्दाक्रान्ता छन्दको कविता कलम), पवनकुमार बुढाथोकी (चारु), गङ्गा लिगल (स्वछन्दको –साहित्य सुवास कविता), जगदीश्वर पोखरेल (चित्रिका- वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा), उत्तम भेटुवाल (उपजाति छन्दको– जिन्दगीको हिसाब कविता), गङ्गा भण्डारी (मालिनी छन्दको- समय कविता), सूर्यकुमार पण्डित (स्रग्विणी छन्दको – देवता कविता), बिनुबाबा घिमिरे (भुजङ्गप्रयात छन्दको चलाउ विमान कविता), लक्ष्मीप्रसाद मिश्र – (सुसेली – शुभकामना), वीरबहादुर लोहनी (लोक छन्दको कविता वसन्त बहार) र बालकृष्ण सुवेदी (लोक छन्दको कविता किसानको श्रम) सुनाउनु भएको थियो ।

प्रमुख अतिथि पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा गरेको योगदानबारे प्रकाश पार्नुका साथै सर्जक नबाँचे पनि कविता बाँच्नु पर्छ भन्दै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको कुरा बताउनु भयो । साथै उहाँले वाचन गरिएका सिर्जनाहरूको सुललित किसिमले समीक्षा समेत गर्नु भएको थियो । प्रमुख अतिथिको कविताको भने हरि खनालले समीक्षा गर्नु भएको थियो ।

अध्यक्ष भुवनहरि सिग्देलले कवि सदैव विपक्षमा उभिए उक्त चरित्रको निर्वाह गरेन भने कवि र देश सकिन्छ भन्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x