साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीका दहन

जब न्यून चेतेहरूको मनमा पूणर् चेतनारूपी सरस्वती बस्दछिन् तब कर्मचारी प्रशासन, सत्ता सङ्गठन र ठूला व्यापारी कसैकोमा पनि होलिकाले डेरा जमाउन असम्भव हुन जान्छ ।

Nepal Telecom ad

रामकुमार पण्डित :

होली फुक्का हुँदोरहेछ, जब फागुन शुक्ल अष्टमीको दिनमा वसन्तपुरमा लिङ्गो गाडेर रङ्गीन ध्वजा फहराइन्छ । असत्यमाथि सत्यको जितको खुसीयालीमा फागुन पूणर्िमाको दिनमा सो ध्वजालाई आगोमा दहन गरिन्छ र होली सकिन्छ । वास्तवमा होलीको अर्थ यतिमै सीमित पारिनु भनेको मानिसको चेतनामै होलीकाले राज गर्नु हो । मात्र एक हप्ता आफन्तसँग रङ्गहरूको खेल खेल्नु र होलीलाई एकवर्षसम्म थन्क्याइनु, कति कमजोर रहेछ मानिसको मनमा प्रह्लादको बास ! जीवनमै फटाहाहरूले होली खेलिरहेका हुन्छन्, सज्जनहरू एक हप्ता रङ्ग खेल्छन् र फटाहाहरूलाई होलिकालाई झैँ दहन गर्नुको साटो आफैँ दहन भइरहेका हुन्छन् । मानिसलाई सधैँ सत्यप्रति झुकाव राख्न, असत्य कर्म नगर्न र गर्नेलाई होलिकालाईजस्तै दहन गर्ने प्रेरणा मिलोस् भनेर पौराणिक कालमा कुनै ऋषिको प्रह्लाद र हिरण्यकशिपुको कथा मार्फत चेतना जागृत गर्ने प्रयत्न देखिन्छ । कालान्तरमा सत्यको प्रतीक प्रह्लाद कमजोर भएको र असत्यको प्रतीक होलिका बलवान् भएको हो कि भन्ने भान हुन्छ तर सत्य सधैँ बलवान् हुन्छ, असत्यको घडा नभरिउञ्जेल सत्य मौन बस्दछ । अति भएपछि भण्डाफोर गर्दै नृसिँह अवतार खम्बा फोरि प्रकट भएझैँ सत्य प्रकट हुन्छ ।

होलीकाहरू अचेल आफूलाई जस्तोसुकै अग्नीले नपोल्ने वरदानको आडमा कर्मचारीको भेषमा अड्डा अदालतमा देखिन्छन् । सेवाग्रहीलाई घुस र अनैतिकताको आगोले डढाउँछन् । ढिलोचाँडो कहिलेकाहीँ अख्तियार या यस्तै कुनै प्रह्लाद रूपी सत्यको अस्त्रमा यस्ता होलिका डामिन्छन् ।

यस्तै होलिकाहरू सत्तामा समेत आफ्नो शक्ति देखाइरहेका हुन्छन् । सत्ता भनेको इन्द्रको आशन रहेछ । सानोतिनो आयोगको आगोले नाङ्गो नाच देखाउने होलीकालाई दहन गर्न नसक्ने रहेछ । दहन भन्ने शब्द नै सत्ताको उन्मादमा रम्ने होलिकालाई देखेपछि आफैँ दहन हुँदो रहेछ । सत्ता सुन्दरी होलिकालाई दहन गर्न विष्णुले नृसिंह अवतारै लिनुपर्ने रहेछ । अचेल विष्णुहरू फाट्टफुट्ट जन्म लिन्छन् । उनलाई जन्माउने मतदाता हुन्छन् । मतदाताको बलम जन्मिएपछि सत्तामा पुगेर होलिका दहन गर्न सफल हुन्छन् ।

सत्ताभन्दा पनि डरलाग्दो ठूला व्यवसायी हुँदा रहेछन् । आफ्नो व्यवसायको तुलोमा होलीकालाई राखेर सरकारी सम्पत्ति झ्वाम् पार्दा रहेछन् । सरकारले त्यस्ता होलिका दहन गर्न खोजे व्यवसायीले सरकारै भष्म पार्नसक्ने ताकत राख्दा रहेछन् । व्यवसायीलाई होलिकाले पाएको बरदान साँच्चै अचुक हुँदो रहेछ । दनदनी बलेको असत्यको आगोमा होलिकाले अख्तियार दुरुपयोग आयोगजस्तो सानो प्रह्लादलाई सजिलै डढाइदिँदी रहिछन् । सरकारले ठूलो स्वर गरे देशमा जनविद्रोह ल्याउने चेतावनी दिँदै राजनीतिक खेतालाहरू परिचालन गर्दा रहेछन् । साँच्चै असत्यको आगो फैलिएको ठाउँमा प्रह्लाद आफू होशियार हुनुपर्दो रहेछ । निरीह बनेको सरकारले व्यवसायीको होलिका दहन गर्न ठूलै मेहेनत र शक्ति लाउनुपर्ने रहेछ । ढिलोचाँडो व्यवसायका होलिका दहन हुन्छन् र भएका छन् नै ।

समाजको न्यून चेतना डरलाग्दो होलीका भएका छन् अचेल । सत्यको प्रतीक प्रह्लादलाई दहन गर्न खोजे असत्यको प्रतीक होलीका आफैँ दहन हुनपुग्छिन् भन्ने सन्देशलाई न्यून चेतनाले कोल्टेकोल्टे दृष्टिले बुझेर व्यवहारमा उत्तानोटाङ्ग लाइदिँदो रहेछ । असत्यमाथि सत्यको सरल र विजयी भावलाई न्यून चेतनाहरू हसिमजाकमा उडाउँछन् । उनीहरू अधकचल्टो उमेरको उन्मादमा लैङ्गिक हिंसा गर्न पुग्छन् । फोहोर पानी खन्याइदिने, नचाहँदा नचाहँदै रङ्ग दलिदिनेजस्ता अनेक गर्छन् । लागुऔषध सेवन, तीनपाने सेवन आदिमा रमाएर यस प्रकारको हर्कतलाई प्रत्येक वर्ष थप दुष्परिष्कार गर्दै बढाएर संस्कृतिको अभिन्न अङ्ग बनाइदिन्छन् । विकृत मानसिकताले सुसंस्कृतिलाई नजानिँदो पारामा विरूप पारिँदो रहेछ । समाजमा थिति बसाल्ने पौराणिक ऋषिको चाहनालाई न्यून चेतेहरूले चङ्गाजस्तै चैट पारिदिँदा रहेछन् ।

यस्ता न्यून चेतेहरूको संस्कारमा बसेकी होलिका दहन गर्न कस्को सामाथ्र्य ? न अख्तियार आयोगको न सत्ताशक्तिको । स्वयं चेतनाकी देवी सरस्वती न्यून चेतेहरूको मनमा विराज नभई सम्भव छैन । न्यून चेतेहरूले सरस्वती मातालाई आफ्नो चेतनामा ल्याउनलाई चरैवती चरैवती प्रयास नगरेसम्म सरस्वती माता त्यसै लुरुक्क परेर जान्नन् । जब न्यून चेतेहरूको मनमा पूणर् चेतनारूपी सरस्वती बस्दछिन् तब कर्मचारी प्रशासन, सत्ता सङ्गठन र ठूला व्यापारी कसैकोमा पनि होलिकाले डेरा जमाउन असम्भव हुन जान्छ ।

त्यसैले आउनुस्, हरेकको मनमनमा सुकृतिको विरुवा प्रह्लाद उमारौँ, अहंले भरिएको होलिका दहन गरौँ । पौराणिक ऋषिको चेतनालाई आत्मसाथ गरेर हाम्रो सस्कृति मनाऔँ । विश्वमाझ हाम्रो पहिचालाई अतुल बनाऔँ । सप्तरङ्गी रङ्गहरू हाम्रो जीवनकै वरिपरि नाचेछन् त्यतिबेला । जय फागुन पूर्णिमा, जय होलिका दहन !

०००
का.म.पा.६, सिमलटार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
गाउँ शहर

गाउँ शहर

रामकुमार पण्डित क्षेत्री
स्वर्ग

स्वर्ग

रामकुमार पण्डित क्षेत्री
0
Would love your thoughts, please comment.x
()
x