साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ बन्ने योग्यता

राजनीतिक दलको सदस्यता नलिए पनि मोटो रकम घुस खुवायो भने त हुन्छ नि हजुर। म कुरो अगाडि बढाइदिऊँ ? अर्को पटकको मनोनयनमा पारिदिऊँ ?

Nepal Telecom ad

रामकुमार पण्डित :

ए हजुर । फलानो नाम मात्रैको कवि कुलपति भयो नि ! अनि नामै नसुनेको मान्छे उपकुलपति भयो । हजुर, यतिका चार दर्जन कृतिका स्रष्टाको चाहिँ खोइ नामोनिसान छैन । ”

मदनको कुरालाई साहित्यकार महोदयले सुनेको नसुनै गरे ।

मदनले फेरि बोल्यो –

कुलपति हुनलाई राजनीतिक दलको सदस्य हुनुपर्ने रहेछ । हजुरले पनि कुनै ठूलो दललाई समाउनुपर्यो । मान्छेहरू यसकै लागि दौडादौड गर्छन् हजुर ?

साहित्यकार महोदय फेरि पनि मौन रहे। उनी तठस्थ व्यक्ति हुन् भन्ने मदनलाई थाहा थियो। त्यसैले फेरि भन्यो-

“कुलपति नभए पनि प्राज्ञसम्म भए पनि राम्रो हुन्छ नि हजुर । गयो, मिटिङ गरे जस्तो गर्यो अनि आफ्नै कृति लेख्यो, छपायो, भत्ता पचायो । काइदा हुन्छ हजुर। राजनीतिक दलको सदस्यता नलिए पनि मोटो रकम घुस खुवायो भने त हुन्छ नि हजुर। म कुरो अगाडि बढाइदिऊँ ? अर्को पटकको मनोनयनमा पारिदिऊँ ?

अब त साहित्यकार महोदयले मुख नखोली सुखै पाएनन् । ऋषिको जस्तो मृदुवाणीमा भने- ‘शान्त मदन बाबु । तपाई मेरो अत्यन्त शुभचिन्तक हुनुहुन्छ । त्यसैले तपाईंले मेरो भलो चिताउनु हुन्छ । हेर्नोस् न, सबै त होइनन् तर धेरैजसोलाई अचेल त्यस्ता दौडमा सामेल हुन फुर्सतै फुर्सत हुन्छ । तिनले फुर्सदको सदुपयोग गरेका हुन् । जो खहरे खोला क्षणिक उर्लन्छन् । मलाई त्यसो गर्न फुर्सत छैन। अनि त्यसो गर्न शोभा पनि दिँदैन। आफ्नै वेगमा बगेकी कर्णाली नदीलाई खहरे उर्लने रहर हुँदैन ।

०००
देशको खोजी (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
सत्ता कब्जा गर्ने उपाय

सत्ता कब्जा गर्ने उपाय

रामकुमार पण्डित क्षेत्री
गाईजात्रा

गाईजात्रा

रामकुमार पण्डित क्षेत्री
ईज्जत सबै फाल्छन्

ईज्जत सबै फाल्छन्

रामकुमार पण्डित क्षेत्री
होलीका दहन

होलीका दहन

रामकुमार पण्डित क्षेत्री
लसुन कि उखु

लसुन कि उखु

रामकुमार पण्डित क्षेत्री
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x