फित्काैली डटकमसामाखुसी साहित्य समाजको ११८ औँकविता वाचन कार्यक्रम
कवि विनोद दाहाल वत्स, निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताललगायतका कविहले आआफ्ना कविता वाचन गर्नुभएको थियो ।

काठमाडौँ, २०८० साल चैत १० । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको ११८औँ कविता वाचन कार्यक्रम सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा आयोजना गरेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्दै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी छ भन्नुभयो । उहाँले साहित्य वर्गीय, रैथाने चेतना, पहिचान र सौन्दर्यसँग जोडिएको हुन्छ भन्ने विचार व्यक्त गर्नुहुँदै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुन सक्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियोे । उहाँले ‘भ्रम’ शीर्षकको कवितासमेत वाचन गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स, अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतका कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो
कार्यक्रमको अध्यक्षता गरेका कवि डा.मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गर्नुभएको थियोे ।
यसैगरी कार्यक्रममा सामाखुसी साहित्य समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कवितासमेत वाचन गर्नुभएको थियो ।
आफ्नो कविता वाचनसहित कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गर्नुभएको थियो ।
०००
– विनोद दाहालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































