साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ४४)

माहुरी साथमा लाए मह मिल्दछ हातमा। झिँगाका साथ लागेमा जिन्दगी नै रछानमा ।। मार्गदर्शनले बन्छन् सबै बालक कञ्चन। लाेक संस्कार थामेर समाल्छन् वृद्ध चिन्तन ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध दर्शन

बालाे युवा तथा, प्राैढ हुँदै मानव जीवन।
क्रमले श्रममा चल्दै वृद्ध हुन्छाैँ सबैजना।। (२६०)

हुन्छन् समय साथैमा कार्य फाँट अमालका।
अधिकारसँगै आफ्ना कर्तव्य छन् तमामका।। (२६१)

बाल्य उमेरमा केही हुन्न दायित्व माथमा।
कर्तव्य चाँङका चाँङ अभिभावक साथमा।। (२६२)

जस्तो बिजन लाइन्छ करेसा खेत फाँटमा।
त्यस्तै नै अन्न उब्जिन्छ हुन्न कुदेर काँठमा।। (२६३)

चुक्नु हुन्न कतै हामी कर्तव्य छन् भयानक।
नदेखाए सफा बाटाे हुन्नन् सन्तान वर्धक?।। (२६४)

लगानी पहिले गर्दा बढ्छ व्यापारमा धन।
रित्तो छ दुधकाे भाँडाे कता बन्छ र मख्खन?।। (२६५)

बिरुवा मात्र लाएर बाली सप्रन्न खेतमा।
जल वा मलकाे खाँचो हुन्छ निश्चय फेदमा।। (२६६)

मसिना बिरुवा हाम्रा आजका सर्व बालक।
ऊर्जा दिन सके राम्रो बन्दछन् सभ्य नायक।। (२६७)

माहुरी साथमा लाए मह मिल्दछ हातमा।
झिँगाका साथ लागेमा जिन्दगी नै रछानमा।। ( २६८)

मार्गदर्शनले बन्छन् सबै बालक कञ्चन।
लाेक संस्कार थामेर समाल्छन् वृद्ध चिन्तन।। (२६९)
क्रमशः

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x