सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के बेच्न बाँकी छ र !

मात्रै खान रुचाउने मगजले के देशको उन्नति गर्छौ मुस्किल ठान्दछौँ ठग बनी हिँड्छौ बन्यौ बैगुनी दोहोरो करभार तिर्न जनता छन् वाध्य चारैतिर आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

मेचीको जल सुम्पियौ असजिलो लागेन हौ लम्पट
कोसी बाँध दियौ बुझ्यौ न कहिल्यै बन्दै गयौ वञ्चक
शालग्राम शिला विशिष्ट र नदी बेच्दा भलो हुन्छ र !
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र।१

काली सुम्पिदियौ वनौषध सबै राख्यौन बेच्यौ कहाँ
हाम्रो त्यो लिपुलेक सुम्पिन पुग्यौ सीमा हरायो जहाँ ?
वैरीका बस लिम्पिया छ अहिले रुन्चे बनेको तर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र।२

हाम्रो संस्कृति धर्म कर्म अहिले मास्यौ धुपौरे भई
ल्यायौ धर्म भनी विधर्म घरमा बढ्दो निराशा यही
तिम्रै कारण छन् युवा र युवती खाडी पुगेका तर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।३

गैँडा के कति बेचिए र अहिले हात्ती दियौ छौ खुसी
हाम्रा वैभव हुन् सबै खनिजका थुम्का सुकायो डसी
बेच्दै छौ अझ दीन-हीन बनिई अस्तित्वका आँकुरा
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र ।४

मात्रै खान रुचाउने मगजले के देशको उन्नति
गर्छौ मुस्किल ठान्दछौँ ठग बनी हिँड्छौ बन्यौ बैगुनी
दोहोरो करभार तिर्न जनता छन् वाध्य चारैतिर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।५

जो छन् दानवतुल्य उच्च स्वरले बोल्ने र ढाँट्नेहरू
के लाग्थ्यो कर-हीन छन् सब खुसी मान्दै नतिर्नेहरू
तिर्नै पर्दछ राज्यको नियम हो भन्दै ति-यौँ त्यो कर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।६

०००
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
तितो सत्य

तितो सत्य

हरिप्रसाद रिमाल
प्रौढवैशिष्ठ्य

प्रौढवैशिष्ठ्य

हरिप्रसाद रिमाल
बुढा पाका ज्ञान पुञ्ज

बुढा पाका ज्ञान पुञ्ज

हरिप्रसाद रिमाल
बुढ्यौली

बुढ्यौली

हरिप्रसाद रिमाल
प्रौढ वैशिष्ठ्य

प्रौढ वैशिष्ठ्य

हरिप्रसाद रिमाल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे