साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बेच्न बाँकी छ र !

मात्रै खान रुचाउने मगजले के देशको उन्नति गर्छौ मुस्किल ठान्दछौँ ठग बनी हिँड्छौ बन्यौ बैगुनी दोहोरो करभार तिर्न जनता छन् वाध्य चारैतिर आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

मेचीको जल सुम्पियौ असजिलो लागेन हौ लम्पट
कोसी बाँध दियौ बुझ्यौ न कहिल्यै बन्दै गयौ वञ्चक
शालग्राम शिला विशिष्ट र नदी बेच्दा भलो हुन्छ र !
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र।१

काली सुम्पिदियौ वनौषध सबै राख्यौन बेच्यौ कहाँ
हाम्रो त्यो लिपुलेक सुम्पिन पुग्यौ सीमा हरायो जहाँ ?
वैरीका बस लिम्पिया छ अहिले रुन्चे बनेको तर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र।२

हाम्रो संस्कृति धर्म कर्म अहिले मास्यौ धुपौरे भई
ल्यायौ धर्म भनी विधर्म घरमा बढ्दो निराशा यही
तिम्रै कारण छन् युवा र युवती खाडी पुगेका तर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।३

गैँडा के कति बेचिए र अहिले हात्ती दियौ छौ खुसी
हाम्रा वैभव हुन् सबै खनिजका थुम्का सुकायो डसी
बेच्दै छौ अझ दीन-हीन बनिई अस्तित्वका आँकुरा
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र ।४

मात्रै खान रुचाउने मगजले के देशको उन्नति
गर्छौ मुस्किल ठान्दछौँ ठग बनी हिँड्छौ बन्यौ बैगुनी
दोहोरो करभार तिर्न जनता छन् वाध्य चारैतिर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।५

जो छन् दानवतुल्य उच्च स्वरले बोल्ने र ढाँट्नेहरू
के लाग्थ्यो कर-हीन छन् सब खुसी मान्दै नतिर्नेहरू
तिर्नै पर्दछ राज्यको नियम हो भन्दै ति-यौँ त्यो कर
आफ्नो चिन्न सक्यौन खिन्न सब छौँ के बेच्न बाँकी छ र !।६

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x