
ए हावा
तैँले अलिकति आफैँ लाज त मान्दे थोरै बजेट जनतामा पनि त जान दे कति ठाउँमा खाने पानी पुर्याउनु छ कतै ठाउँमा बत्ती पुर्याउनु छ फलेको फल सडेर गाकोछ त्यो ठाउँमा बाटो पुर्याउनु छ ।

प्रेम ओली :
ए हावा
उत्तरतिर जावा
दक्षिणतिर जावा
कति खान्छस यतै मात्र कावा ?
किन यता मात्र सिनो जस्तो गनाउछस्
त गनाउँदा
देश र जनतालाई हरिकङ्गाल बनाउछस् ।
कति यतैको मात्र घुस कमिसन खान्छस्
खादा खादा घुस
तराइ पहाड हिमालसम्म गनाउँछस्
यतिविघ्न देशको, कति बिजेत बनाउँछस् ?
म एकदिन मात्र यो देशको प्रधान भएको भए
तँलाई फासीमा चढाइदिन्थेँ
फासी दिन नमिले तँलाई
इन्काउन्टर गरेर भए पनि लडाइदिन्थेँ ।
अहिलेका नेताहरूलाई त तेरै हावा लागेको छ क्यारे
खाली कुरा हावा गर्छन्
म ठिक पार्छु भ्रष्टाचार भन्दै दावा मात्र गर्छन्
खै कसरी, तेरो एक झाेंकामा आफैँ उत्तानो पर्छन् ।
भन त हावा
नेतासँग तेरो ठुलै साँठगाँठ छ ?
नत्र यत्रो यत्रो घोटला गर्ने कसरी तेरो आँट छ ?
चाहेनन रे कसैले तँलाई ठीक पार्न
सकेनन् रे कसैले तँलाई तल झार्न
तर ए हावा
तैँले अलिकती आफैँ लाज त मान्दे
थोरै बजेट जनतामा पनि त जान दे
कति ठाउँमा खाने पानी पुर्याउनु छ
कतै ठाउँमा बत्ती पुर्याउनु छ
फलेको फल सडेर गाकोछ
त्यो ठाउँमा बाटो पुर्याउनु छ ।
तेरो दिन सधैँ एकनास पक्कै हुने छैन
कसै न कसैले पक्कै जनता जगाउला
नेताको घरमा लुक्छस् कि मन्त्रीको घरमा
तँलाई खोजी खोजी डढेलो लगाउँला
ए हावा
अरु तिर जा, अब यता न खा त कावा
नत्र वर्षनै छ तेरो ढाँडमा तातो तातो तावा ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest