साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्य मर्दैन

अनेकन आशाहरूको कुम्लोहरू त्यसै कतै बेवारिसे भयो होला तर, कुरा के हो भने त्यसरी अपत्यारिलो र असत्यको कुम्लो बोकेर गोठबाट दाम्लो चुँडाएर कुदेको साँढे जस्तो कुद्नु कति ठिक थियो त्यो पनि विचारनीय छ ।

Nepal Telecom ad

अशोककुमार सिवा :

संसारमा त्यस्तो कुनै चिज छैन जो अजम्वरी होस् । हरेक वस्तुको उत्पतिसँगै उस्को अन्त्यको निश्चितता हुन्छ । निश्चित अवधिसम्म जीवन रहे पनि अन्त्यमा जीवन परित्याग अनिवार्य छ । परित्यक्त जीवन पाइनत के कसरी रहन्छ त्यसको लेखाजोखा सरल छैन । सांसारिक मायाजालमा रहुन्जेल मायाका अनेकन जालहरूमा अल्झिँदै जीवन व्यतित गर्नुपर्छ । तर एउटा यस्तो चिज छ जुन कहिल्यै मर्दैन त्यो हो सत्य । सत्यलाई असत्य सावित गर्न कसैले खोज्दछ भने त्यो व्यर्थ हुन्छ ।

सत्य आफै एक शास्वत् चिज हो । यो जहिले पनि अन्तरकुन्तमा प्रकटित भएर रहिरहेकै हुन्छ । भलै सरल तरिकाले चिन्न र बुझ्न कठिन हुन सक्दछ तर सबैले बुझ्ने त सत्य नै हो । मैले कुनै कुराको विपरित व्याख्या विश्लेषण गरेर त्यसैलाई सत्य साबित गर्न खोजेँ भने म आफैभित्र रहेको सत्यले मलाई हरदम कोसिरहेको हुन्छ । चिमोटिरहेको हुन्छ । घच्घच्याई रहेको हुन्छ । यसरी कोस्ने, चिमोट्ने र घच्घच्याउने चिज कसरी मर्ला त ? हो, त्यही हो सत्य ।

गलत कुरा गरेर कसैको चरित्र हत्या गर्न कसैले खोज्दछ भने उसको प्रयास प्रयत्नले जतिसुकै यत्न गरेपनि सफलता हासिल गर्न सक्दैन । यस्को तत्वले सफलता हासिल नै गरेपनि जस्ले गलत कुराको उठान गरेको हो उसको मनमा सत्य वा सही कुराले सधैँ ढोल बजाएकै हुन्छ । अर्काको सफलता देख्न नचाहने नसक्नेहरूले अनेक मुद्धा बनाएर उसको सफलताको सिँढी झिकिदिने प्रयत्न गर्ने गरेको देखिन्छ । तर सिढि झिकिदिएर ऊ कहिले सन्तुष्ट चाहिँ हुदैन किनकी उसले गलत काम गरेको हुन्छ । सिँढी निकालिदिएकोमा भलै दुईचार दिन रमाउला त्यो अर्कै कुरा हो ।

आफ्नो सफलताको सिँढी झिकिएको थाहा पाएर पनि कसैले निर्धक्क आफ्नो कर्मलाई निरन्तरता दिन्छ भने ऊ तल ओर्लिरहनु पर्दैन उसको उचाई त्यहीबाट अरु चड्दछ । केही सफलताहरूको निकट विगतका घटनाक्रमहरुलाई हेर्दा पनि यो कुरा स्पष्ट हुन्छ । चाहे त्यो पल पलको घटना होस वा एकपलको घटना होस आखिरमा जित हुने भनेको त्यो असत्यले ढाकेको झिनो तर दर्बिलो सत्य कै त हो । अनि यो साबित पनि भएको छ ।

अर्काको तरक्की देख्न नसक्नेको पछिल्लो विरक्तिपूर्ण चित्कार पनि उत्तानोटाङ परेको खबरले म चाहिँ कति पनि विरक्तिएको अवस्था छैन । विरक्तिनु सहि कुरालाई गलत कुराले परास्त गर्न खोज्यो भने न हो । सही कुराले गलतलाई उत्तानो पार्दा त खुसी पो लागेर आउँछ । नेपालको क्रिकेट जगतको नितान्त सत्यलाई कुनै असत्यले छोप्ने लाख कोशिस गरेको देखेर शुरुमा विरक्तिएकाहरू पछिल्लो समाचारले रक्तिएका होलान् । रक्तसञ्चार राम्ररी हुँदा र नहुँदा शरीरको आकृति नै फरक देखिन्छ । हो, अहिले शरीर त्यो पनि क्रिकेटको तन्दुरुस्त देख्दैछु र यो लेख्दै पनि छु ।

नगरकोटदेखि गौशालासम्म झुटको माला बिछ्याएर सजिसजाउ पारी माइती आउने चेलीले लुकेर ल्याएको कोसेली माइत कि आमाले खान नपाउँदै बिछ्याएको माला सत्यवति गाईले चपाइदिएर सजिएको असत्य ध्वस्त पारिदिइछन् । देख्दा राम्रो देखिएता पनि र सुन्दा मीठो सुनिएता पनि अन्तर्य विचलित छ भने त्यसको कुनै अर्थ रहँदैन । सत्य सत्य नै हो, हुन्छ र रहिरहन्छ यो नै एक मात्र सत्य ।

सत्यलाई किन सत्य भनेको होला भनेर एकछिन घोरिएर विचार गरेको सत भनेको साँचो, सत्य स्वेत्य अथवा सेतो हो जसमा कुनै दाग लागेको हुँदैन । यो आफैमा वलिष्ठ, गठिलो र दमदार हुने गर्दछ । मलाई यसो भन्दै गर्दा माइत जाने चेलीको पनि माया नलागेको होइन अनेकन आशाहरूको कुम्लोहरू त्यसै कतै बेवारिसे भयो होला तर, कुरा के हो भने त्यसरी अपत्यारिलो र असत्यको कुम्लो बोकेर गोठबाट दाम्लो चुँडाएर कुदेको साँढे जस्तो कुद्नु कति ठिक थियो त्यो पनि विचारनीय छ । जय होस सत्यको सदा विजयी भव :

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x