साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसो गर्नु हो ? माइला दाइ !

साधुलाई सुली सुकुमबासीलाई गोली हुकुमबासीलाई जमिन के हामीले यही विषय यस्तै नेता खोजेको हो र ! माइला दाइ अब जाने कता ? भन्ने कसलाई हो ?

Nepal Telecom ad

तेजविलास अधिकारी :

हामीलाई त
केही अर्थै रहेन
संसद चल्नु वा नचल्नु
यो सरकार रहनु वा ढल्नु
कसले सम्बोधन गर्‍यो संसदमा
के पास भयो विधेयक
केही अर्थै भएन
हो हाम्रो अभाव
घट्दै घटेन ।

चुच्चे नक्सा
जङ्गे पिलर
तातोपानी नाका
खै ! यी त सबै
सरकार फेर्ने वा टिकाउने
आफूलाई बेच्ने वा चिनाउने
मात्रै अस्त्र बनिरहे
बिरामी पर्दा
कुन हस्पिटलमा उपचार गर्ने ?
सुरक्षा कोसँग खोज्ने ?
केही केही पत्तै भएन
हो हाम्रो अभाव उस्तै छ
अझ उल्टै
सहकारीको पैसा हराएको छ
खै ! कसले खाएको छ ?
बेपत्ताहरूको परिवार रोएको छ
खै ! कसले खोजिदिने ?
हुकुमबासीहरूले कब्जा गरेको जमिन
फिर्ता ल्याउन नसक्दा
हैरान छ मेयर बालेन
सुधार्न खोज्नेले पनि
पाएकै छैन जस
खै ! के के भएको छ ?
माइला दाइ !
उस्तै चर्चामा छन्
गौशाला २६
विवादित नागरिकतावालाहरू
पुरानै टिआरसी विधेयक
खै ! के भएको हो ?
हेर न माइला दाइ !
सबैभन्दा बढी मत ल्याउने
धेरै प्रश्न सोध्न सक्ने
मान्छे भान्से बन्दा पनि
न सुरक्षा छ
न शान्ति छ
न प्रश्नको उत्तर छ
खै ! के भएको हो ?
यो प्रश्न भन्ने विषय पनि
सजिलो रहेछ अर्कालाई तेर्स्याउन
आफैंले गर्नुपर्दा समाधान
दिनुपर्दा न्याय
पछि पछि हट्ने रहेछन् सबै ।
आफ्नै मात्र गर्ने भए जोहो
किन हामीलाई भनेको होला
गर्छु यसो र उसो
कम्तिमा हामी
गर्ने थिएनौँ आशा
मान्ने थिएनौँ भरोसा
दुःखमा त हामी थियौँ नै
अन्याय त भोगेकै हो युगौँदेखि
न्यायालय चिनेकै थियौँ
आफ्नै बाटोमा हिनेकै थियौँ
बेकारमा पत्याउने भएर
सपना बेच्नेको कुरा
झन् कस्तो पीडा भयो माइला दाइ !
निर्मलालाई न्याय पनि छैन
मदनको हत्या हो कि मृत्यु ?
बोल्दैन कोही
गुमेको जमिन पाउने कहिले ?
चोरलाई चौतारो
अनि
साधुलाई सुली
सुकुमबासीलाई गोली
हुकुमबासीलाई जमिन
के हामीले यही विषय
यस्तै नेता
खोजेको हो र ! माइला दाइ
अब जाने कता ?
भन्ने कसलाई हो ?
सरकारका सिन्दुर पहिरिनेहरू
संसदमा जानेहरू
वडादेखि प्रदेशसम्म
हाम्रै करबाट कमाउने
मतबाट मात्नेहरू
खै ! कता छन् माइला दाइ ?
अब कसो पो गर्नु ?
माइला दाइ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x