साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपारोको कथा

त्यही बेला त्यही बाटो फर्कदै गरेको एक हुल माहुरीको भुनुनु आवाजले मीठो सपनाबाट झसङ्ग हुँदै छेपारो नमीठो गरी व्युँझन्छ, उही चिसो ढुंगा ढल्कँदै गरेको घाम, र उही आलस्यपना ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

आफ्नो घर नभएको छेपारो
जब रात पर्छ र चिसोले सताउन थाल्छ
अनि सम्झन थाल्छ
काम पो गर्नुपर्ने रहेछ
मेहनत गरेर मौरीले जस्तै
घर पो बनाउनु पर्ने रैछ ।

चिसोमा छटपटाउँदै
रात बिताइरहेको छेपारो
बिहानीपख त्यही चिसो ढुंगामा
फुसुक्क निदाउँछ,
घरभित्र सुतेका माहुरीहरु
बिहानै उठ्छन् र आ–आफ्नो काममा लाग्छन् ।

उता बिहानको घाम
छेपारोको ढाडमा लाग्न थाल्छ
तातो घामको न्यानोमा
अल्छी छेपारो
दिउँसै सपना देख्न थाल्छ र
सपनामै बर्बराउँछ –
घर त गजबसँगै बनाइयो
कस्तो न्यानो !
माहुरीहरुका जस्तो जालीदार घर हो र ?
मेरो घर त पूर्वको घाम सिधै आउने
पश्चिमतिरबाट हावा बहने
आहा !!

माहुरीहरु हो पख अब
म तिमीहरुलाई सिकाउँछु
घर कस्तो हुनु पर्छ र कसरी बनाउनु पर्छ ।।।

त्यही बेला त्यही बाटो फर्कदै गरेको
एक हुल माहुरीको भुनुनु आवाजले
मीठो सपनाबाट झसङ्ग हुँदै
छेपारो
नमीठो गरी व्युँझन्छ,

उही चिसो ढुंगा
ढल्कँदै गरेको घाम, र
उही आलस्यपना ।।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x