साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट

बादलमाथि भगवानको एउटा घर छ जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक मरेका लासमाथि राज गर्ने भगवान् र सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

Nepal Telecom ad

सुरज पराजुली :

निक्कै पहिला काठमाडौं आउँदा
उँभो मुन्टो लगाएर धरहरा हेर्दा
मलाई बडो अचम्म लाग्थ्यो
समयसँगै
आकाशलाई छेडेर,
बादललाई च्यातेर
बन्दै गए, भवनहरू
देश विदेशमा थपिँदै जान थाले
धरहरा भन्दा अग्ला भवन
एकदिन केहि अग्ला भवनको
सबैभन्दा माथिल्लो तलामा सुनियो
निकै कहालीलाग्दो आवाज
मालिकहरूले झ्याल खोल्दा
झ्यालै अगाडि थियो
भगवानको घर
र भगवानको घरमा
भोकले चिच्याइरहेका थिए
तिनै भवनले किचेका, मजदुरहरूको प्राण
बादलमाथि
भगवानको एउटा घर छ
जहाँ जिउँदा लासमाथि राज गर्ने मालिक
मरेका लासमाथि राज गर्ने भगवान्

सधैं मरिरहने मजदुरहरूको भेट हुन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x