सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्नै कथा: सुसेलीमा

छुट्यो पिलेन चलचित्र निर्माता भयो भिलेन । मन मान्दैन झुठो बोल्न खोजेको जान्दै जान्दैन ।

Nepal Telecom ad

दुर्गा अधिकारी भमरकोटे :

पीर गर्दैछु
पछि मर्ने त्रासले
आजै मर्दैछु ।

गीत गाको छु
छोराछोरी हुर्केर
सुख पाको छु ।

पुर्खा मण्डन
छोरी मेरा असल
बस्छन् लण्डन ।

धनी बनेर
बस्छन् सबै विदेश
पैसा गनेर ।

दुख पानीमा
छन् है गाडी बंगला
राजधानीमा ।

खनेँ खोरिया
यौटा छोरो जापन
अर्को कोरिया ।

म छु सुखियाँ
साथी मेरा उपियाँ
टन्न रुपियाँ ।

चिन्ता छैन् केही
अमेरिका जापान
अष्ट्रेलिया यै ।

खोज्छन् आहारा
भरे साँझ फर्केलान्
माउ बचेरा ।

पेट भर्नु छ
धन साथी छ तर
एक्लै मर्नु छ ।

छुट्यो पिलेन
चलचित्र निर्माता
भयो भिलेन ।

मन मान्दैन
झुठो बोल्न खोजेको
जान्दै जान्दैन ।

०००
कपन, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
मिल्दा/नमिल्दा नामहरू

मिल्दा/नमिल्दा नामहरू

दुर्गा भमरकोटे
संस्कृतिमा विकृति

संस्कृतिमा विकृति

दुर्गा भमरकोटे
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)