साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै कथा: सुसेलीमा

छुट्यो पिलेन चलचित्र निर्माता भयो भिलेन । मन मान्दैन झुठो बोल्न खोजेको जान्दै जान्दैन ।

Nepal Telecom ad

दुर्गा अधिकारी भमरकोटे :

पीर गर्दैछु
पछि मर्ने त्रासले
आजै मर्दैछु ।

गीत गाको छु
छोराछोरी हुर्केर
सुख पाको छु ।

पुर्खा मण्डन
छोरी मेरा असल
बस्छन् लण्डन ।

धनी बनेर
बस्छन् सबै विदेश
पैसा गनेर ।

दुख पानीमा
छन् है गाडी बंगला
राजधानीमा ।

खनेँ खोरिया
यौटा छोरो जापन
अर्को कोरिया ।

म छु सुखियाँ
साथी मेरा उपियाँ
टन्न रुपियाँ ।

चिन्ता छैन् केही
अमेरिका जापान
अष्ट्रेलिया यै ।

खोज्छन् आहारा
भरे साँझ फर्केलान्
माउ बचेरा ।

पेट भर्नु छ
धन साथी छ तर
एक्लै मर्नु छ ।

छुट्यो पिलेन
चलचित्र निर्माता
भयो भिलेन ।

मन मान्दैन
झुठो बोल्न खोजेको
जान्दै जान्दैन ।

०००
कपन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x