साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीमा दसैँ

तिम्रै शरण नवदुर्गा भवानी रक्षा गरन । के के चाहिन्छ ? कोजाग्रत ब्रतले सबै पाइन्छ ।

Nepal Telecom ad

दुर्गा भमरकोटे :

भाव भक्तिले
चाडपर्व मान्ने हो
यथाशक्तिले ।

बुझौँ ढंगले
दसैँ आयो भन्दैछन्
उड्ने चङ्गाले ।

गरेँ नमन
सबै पितृ देवमा
श्रद्धासुमन ।

पितृ उद्धार
सोह्रश्राद्ध आरम्भ
हुन्छ प्रारम्भ ।

श्रद्धा अर्पण
सम्झना बा आमाको
दिनु तर्पण ।

पितृ पक्षको
विसर्जन अन्त्यमा
जिम्मा रक्षाको ।

मेरो नमन
सुरक्षित दसैंको
शुभकामना ।

नवरात्रीः

घटस्थापना
नवदुर्गा भवानी
प्रतिष्ठापना ।

राम्रो सौभाग्य
शैलपुत्री आरोग्य
भर ऐश्वर्य ।

भक्ति प्रतीक
माता ब्रम्हचारिणी
पुजा विषेश ।

चन्द्रघण्टाको
मणिपुर चक्रमा
ध्यान गर्ने हो ।

जपे कूष्माण्डा
रोग दोष शोकको
अन्त्य हुने हो ।

दायाँ तिर छन्
देवी शान्ति मोक्षकी
स्कन्दमाता हुन् ।

कात्यायनीले
गर्छिन् मोक्ष प्रदान
अभयदान ।

कालरात्रीको
ललाटमा ध्यानले
भर्छिन् ज्ञानले ।

महागौरीको
अलौकिक सिद्धिको
पुजा विधिको ।

लिनुस् शरण
सिद्धिदात्री माताले
सिद्ध गरन ।

तिम्रै शरण
नवदुर्गा भवानी
रक्षा गरन ।

के के चाहिन्छ ?
कोजाग्रत ब्रतले
सबै पाइन्छ ।

नशा नसुकोस्
ठूलो पर्व दसैं यो
दशा नबनोस् ।

०००
कपन, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x