साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीमय बुद्धका उपदेश

ज्ञानी जान्दछन् बुद्धका उपदेश सबै मान्दछन् । कस्तो योग यो जन्म अनि मरण एकै दिन भो । बुद्ध असल गर्भ मायादेवीको भयो सफल ।

Nepal Telecom ad

दुर्गाप्रसाद अधिकारी भमरकोटे :

मन्त्र गुनौं है
उपदेश बुद्धका
आज सुनौं है ।

जस्तै भएनी
सत्य बोल्नु पर्दछ
ज्यानै गएनी ।

फोर पहरा
हत्या अनि हिंसाको
हुन्न सहारा ।

मन नभाँड
अर्काकी महिलामा
आँखा नगाड ।

हरा वनमा
पराइको धनमा
पिडा मनमा ।

चोरी नगर
कर्म विना धनको
भर नपर ।

झुक्दै झुक्दैन
सत्यता त सत्य हो
लुक्दै लुक्दैन ।

हेलाँ नगर्नु
काम गर्न अरूको
भर नपर्नु ।

मान्छे सरिफ
ढलाउँन सक्दैनन्
झुठा तारिफ ।

डर नलिनु
अधर्मीलाई साथ
दिँदै नदिनु ।

बुझ यो सत्य
घृणा माथि प्रेमको
हुन्छ विजय ।

खुसी बाँडेर
कमी हुन्न कहिल्यै
तिम्रो जीवन ।

निशा ढाल्दछ
बलेको बत्तीले नै
दियो बाल्दछ ।

शंका नगर
तोडिदिन्छ मित्रता
पर नसर ।

चित्त नगाल
बितिसक्यो समय
खेर नफाल ।

पश्चातापमा
बितेको त्यो जिन्दगी
जल्छ रापमा ।

मन बेर्ने हो
केके गर्न बाँकी छ
त्यता हेर्ने हो ।

पिर हिजोको
वर्तमान सुधार
चोली भिजेको ।

रिस गरेर
जल्छ मान्छे आफैमा
चिन्ता परेर ।

सम्झ मित्र नै
सुख शान्ति समृद्धि
मन भित्र नै ।

बन्छ देउता
हजारौं शव्द भित्र
शान्ति एउटा ।

दुखी संसार
नियन्त्रण इच्छामा
सुखी बन्छ त ।

चिन्ता फगत
आफैंलाई चिन्नेले
जित्छ जगत ।

डाँडा कटाए
प्राप्त हुन्छ निर्वाण
दुख हटाए ।

के के गरिन्छ
धेरै गर्न बाँकी छ
भोलि मरिन्छ ।

छैन दानव
हत्या हिंसा नगर्ने
सच्चा मानव ।

ठान्छौ कजाएँ
रिस राग क्रोध हो
आफ्नै सजाय ।

सुन सज्जन
संगतले मानिस
बन्छ दुर्जन ।

हाम्रो गरिमा
फुके शान्ति विगुल
विश्वभरिमा ।

ज्ञानी जान्दछन्
बुद्धका उपदेश
सबै मान्दछन् ।

कस्तो योग यो
जन्म अनि मरण
एकै दिन भो ।

बुद्ध असल
गर्भ मायादेवीको
भयो सफल ।

०००
कपन, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x