साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीमा भानु सम्झना

भानुभक्तको महाकाव्य पहिलो रामायण भो । कवि महान भारतमा भानुको ठूलो सम्मान ।

Nepal Telecom ad

दुर्गा अधिकारी भमरकोटे: 

गर्दै नमन
आदिकवि भानुमा
श्रद्धासुमन ।१

काव्य लगानी
लेखेँ भानुभक्तको
छोटो कहानी ।२

रम्घा तनहुँ
जन्म भानुभक्तको
कवि मन भो ।३

सबै मान्दथे
बाजे कृष्ण पण्डित
विद्या जान्न्दथे ।४

भाषा अशुद्ध
शिक्षा दिए बाजेले
बने प्रसिद्ध ।५

खुसी हर्ष छ
उच्च सोच घाँसीको
मार्ग दर्शक ।६

भयो चेतना
दुईशव्द घाँसीका
बने प्रेरणा ।७

रामायणको
गरे उल्था नेपाली
हाम्रो प्राण भो ।८

राम्रो उन्नति
नेपाली भाषा शैली
भयो प्रगति ।९

विद्या धारण
भाषा एकीकरण
पैलो चरण ।

काठमाडौंको
नाम अमरावती
कान्तिपुरी भो ।११

टोपी लाएका
काठमाडौं धाएका
काम पाएका ।

भए हाजिर
सरकारी अड्डामा
पाए जागिर ।१३

हाकिम् जोसियो
बल्लतल्ल भेटेको
काम खोसियो ।१४

काव्य बनाए
छ महिना जेलको
मिल्यो सजाय ।१५

जेल उल्लास
लामखुट्टे गाउने
नाच्ने उडुस ।१६

धेरै सोचियो
त्यही बेला अयोध्या
काण्ड रचियो ।१७

भानुभक्तको
महाकाव्य पहिलो
रामायण भो ।१८

कवि महान
भारतमा भानुको
ठूलो सम्मान ।१९

भाषा साहित्य
देखे मोतीरामले
कला लालित्य ।२०

मोतीरामले
गरे भानुभक्तको
सेवा कामले ।२१

नाम लिएका
आदिकवि भानुको
संज्ञा दिएका ।२२

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
मातृशोक सुसेली

मातृशोक सुसेली

दुर्गा भमरकोटे
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x